दोस्रो विवाह गर्दै कनिका कपुर

दोस्रो विवाह गर्दै कनिका कपुर

एजेन्सी  |  लोकरञ्जन  |  चैत्र १, २०७८

बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छन् । कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए ।

कनिका र गौतम विगत एक वर्षयता डेटमा छन् । उनीहरू लण्डनमा विवाह गर्दै छन् । यद्यपि, कनिकाले विवाहको खबरलाई अस्वीकार गरेकी छन् । यो जोडीको पहिलो भेट लण्डनको कुनै एक कन्सर्टमा भएको अनुमान गरिएको छ ।

कनिकाले सन् १९९७ मा लण्डनमा बस्दै आएका एनआरआई व्यापारी राज चण्डोकसँग विवाह गरेकी थिइन् । उनीहरूले सन् २०१२ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूका ३ सन्तान छन् । गायिका कनिका सुपरहिट गीत ‘बेबी डोल’बाट चर्चामा आएकी हुन् ।