किभका आवासीय भवनलाई निशाना बनाउँदै रुसी सेना

किभका आवासीय भवनलाई निशाना बनाउँदै रुसी सेना

एजेन्सी  |  विदेश  |  चैत्र १, २०७८

रुसी सेनाले मंगलबार पनि युक्रेनका विभिन्न शहरमा हमला तीव्र पारेको छ । रुसी सेनाले आवासीय भवनलाई मुख्य निशाना बनाएको छ । राजधानी किभका आवासीय भवनहरूमा बिस्फोट र मिसाइल प्रहार भएका छन् । 

युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार किभमा भएका मिसाइल प्रहारमा २ जनाको मृत्यु भएको छ । त्यस्तै, ३५ जनाको उद्धार भएको छ । बिस्फोटनका कारण लुकियानिभ्स्कास्थित रेल स्टेसनको अग्रभाग र कार्यालयहरूमा क्षति भएको किभको मेट्रो संजालले जनाएको छ ।

किभबाट पश्चिमी क्षेत्रमा रहेको बोर्सचागोभका जिल्लामा कम्तीमा २ वटा शक्तिशाली बिस्फोट भएका छन् । रुसी सेनाले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रुसी हमलामा सयौँ मानिस मारिएका छन् । रुसी हमलाका कारण झन्डै २५ लाख मानिसले युक्रेन छाडेर छिमेकी मुलुकहरूमा शरण लिएका छन् ।