युरोपेली परिषदबाट मस्कोको ‘रुक्जिट’

युरोपेली परिषदबाट मस्कोको ‘रुक्जिट’

एजेन्सी  |  विदेश  |  चैत्र २, २०७८

रुस सरकारले युरोपेली परिषद् (सीओई) त्याग्ने घोषणा गरेको छ । युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निश्कासन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैँले परिषद् त्याग्ने घोषणा गरेको हो ।

स्ट्रासबर्गमा रहेको परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे  महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई जानाकारी गराएको थियो ।

निर्णयसँगै रुसले परिषदसँगको २५ वर्षदेखिको सम्बन्ध तोडेको छ । युरोप परिषद् छाडेपछि रुसले मानवअधिकारसम्बन्धी युरोपेली सन्धि (ईसीएचआर)मा हस्ताक्षर गर्नेछैन भने रुसी नागरिकहरूले मानवअधिकारसम्बन्धी युरोपेली अदालत (ईसीएचआर)मा पहुँच हुनेछैन । 

युरोपेली परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश हो । यसअघि सन् १९६० मा ग्रिसले अस्थायी रूपमा परिषदको सदस्यता त्यागेको थियो ।