'युक्रेन चाँडै नेटोमा सामेल हुुँदैन'

'युक्रेन चाँडै नेटोमा सामेल हुुँदैन'

एजेन्सी  |  विदेश  |  चैत्र ३, २०७८

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन चाँडै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा सामेल नहुने बताएका छन् ।

‘युक्रेन चाँडै नेटोमा सामेल हुने कुनै उपाय छैन’, खाडी देशहरूको भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले भने । नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुपर्ने उनको भनाइ थियो ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने कुरालाई मान्यता दिनु महत्त्वपूर्ण भएको बताएका थिए । उनले भनेका थिए, ‘हामीले धेरै वर्षदेखि खुला ढोकाबारे सुनेका छौँ तर हामीले ती ढोका प्रवेश गर्न सक्दैनौँ भन्ने पनि सुनेका छौँ ।’

प्रधानमन्त्री जोनसनले युक्रेनमा भएको रुसी सेनाको पाशविक हमला अन्त्य हुनुपर्ने उनले बताए ।