चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

एजेन्सी  |  विदेश  |  चैत्र ७, २०७८

चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिण-पश्चिम चीनको ग्वाङ्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । 

चाइना सेन्ट्रेल टेलिभिजनले भनेको छ, ‘१३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सीकाे टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ ।’

सो विमान स्थानीय समयअनुसार १ बजेर १५ मिनेटमा चीनको कुन्मिङबाट ग्वाङ्झाउका लागि उडेको थियो ।

सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक विवरणहरूमा जनाइएको छ । घटनास्थलमा उद्धार समूह पठाइएको बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।