इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु

इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  चैत्र ९, २०७८

दक्षिणी इजरायली शहर बेरसेवामा भएको हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । ३ जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।

प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ । आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरूमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ । 

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस)लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए । प्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइुइन शहरको शिक्षक रहेको बताएको छ ।