मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

मारिओपोलमा रुसी सेनाका ५ हजार शव गाडिएको युक्रेनको दाबी

एजेन्सी  |  विदेश  |  चैत्र १५, २०७८

युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा २ देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो । युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी नेताले नियमित रूपमा माग गरेका जेलेन्स्की र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ता अहिलेको लागि ‘प्रत्युत्पादक’ हुने बताएका छन् । 

युद्ध चर्किरहेका बेला युक्रेन सेनाले किभ उपनगर इरपिनलाई मुक्त गरेको गृहमन्त्रीले दाबी गरेका छन् । त्यस्तै, युक्रेनी सेनाले खार्किभको बाहिरी भागमा रहेको माला रोगन गाउँबाट रुसी सेना हटाएको बताएका छन् । राजधानी किभ नजिक भएका हमलामा विद्युत् सेवा अवरुद्ध भएका छन् । विद्युत् अवरुद्ध हुँदा ८ हजार घर अन्धकारमय बनेका अधिकारीहरूले बताएका छन् ।  

युक्रेनका एक अधिकारीले आक्रमण सुरु भएदेखि दक्षिणी शहर मारिओपोलमा कम्तीमा ५ हजार शव गाडिएको बताएका छन् । तर, रुसी गोलाबारीका कारण विगत १० दिनदेखि शव संकलन हुन सकेको छैन । युक्रेनी विदेश मन्त्रालयले शहरको मानवीय अवस्थालाई विपत्तिजनक भनेको छ ।