जेलेन्स्कीले अस्ट्रेलियाको संसद्‌लाई सम्बोधन गर्ने

जेलेन्स्कीले अस्ट्रेलियाको संसद्‌लाई सम्बोधन गर्ने

एजेन्सी  |  विदेश  |  चैत्र १६, २०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार अस्ट्रेलियाको संसद्‌लाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले भिडियोमार्फत संसद्‌लाई सम्बोधन गर्ने अस्ट्रेलियाका रोजगारमन्त्री स्टर्ट रोबर्टले जानकारी दिएका छन् । 

मन्त्री रोबर्टले रुसी हमलाको युक्रेनले साहसपूर्वक प्रतिकार गरेको बताएका छन् । ‘युक्रेनले रसियाको अप्रत्याशित युद्धको सामना गर्दै उल्लेखनीय साहस र लचिलोपन देखाएको छ’, उनले भने ।

अस्ट्रेलियाले युक्रेनलाई ६५ लाख डलर बराबरको आपत्‌कालीन मानवीय सहायता प्रदान गरेको छ । युक्रेनलाई सैन्य सहायता तत्काल आवश्यक रहेको भन्दै अस्ट्रेलियाले ९१ लाख डलर बराबरको रक्षा उपकरण दिनेसमेत अस्ट्रेलियाले बाचा गरेको छ ।

जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ, अमेरिकी कंग्रेसदेखि जापानको संसद्‌लाई सम्बोधन गर्दै आएका छन् ।