युक्रेनमा असाधारण हतियार पठाउने बारेमा साझेदारसँग छलफलमा अमेरिका

युक्रेनमा असाधारण हतियार पठाउने बारेमा साझेदारसँग छलफलमा अमेरिका

एजेन्सी  |  विदेश  |  चैत्र २२, २०७८

युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टी–एयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ । 

रुसी आक्रमणबीच अमेरिकाले  अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दूरीका रकेट र ड्रोनलगायत २.३ बिलियन डलर बराबरका हतियार युक्रेन पठाएको छ । तर, राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी सेनाविरुद्धको लडाइँलाई निरन्तरता दिन थप हतियारको माग गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अत्याधुनिक हतियार क्षमताको ‘हद र गहिराइ’ ‘असाधारण’ र ‘अभूतपूर्व’ हुने संकेत गरेका छन् ।

रुसी राषट्रपति भ्लादिमिर पुटिनको युद्ध रोक्न अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारीसमेत गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् । 

यसैबीच बेलायतले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने जनाएको छ । 

अमेरिका र बेलायतले बुचामा नागरिकहरूको मृत्युदण्डमा भएको कथित अपराधमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‌बाट रुसलाई निलम्बन गर्न खोज्नेछन् ।

अमेरिका र बेलायतले युक्रेनी शहर बुचामा सर्वसाधारणको हत्या भएको अपराधमा राष्ट्रसंघीय मानवअधिकार परिषद्‌बाट रुसलाई निलम्बन गर्न खोज्ने बताएका छन् ।