श्रीलंका संकटः आपत्‌कालीन स्वास्थ्य अवस्था घोषणा

श्रीलंका संकटः आपत्‌कालीन स्वास्थ्य अवस्था घोषणा

एजेन्सी  |  विदेश  |  चैत्र २२, २०७८

श्रीलंकामा मंगलबारदेखि आपत्‌कालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि  देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो । 

यसअघि आपत्‌कालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो ।

बिरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताए । सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।