'रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍यो'

'रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍यो'

एजेन्सी  |  विदेश  |  चैत्र २३, २०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएको र रुसी ट्यांकले मानिसहरूलाई ‘आनन्दका लागि’ किचेको बताए ।

बुचा शहरमा सडकमा लडिरहेका शवहरूका भयानक तस्बीरहरूको विश्वव्यापी निन्दा भएको छ । सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीका तस्बीरहरूको ग्राफिक भिडियो देखाएका थिए । ‘रुसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी र जानाजानी मार्‍यो’, उनले भने । 
संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे ।

‘हामीले फेरि एक पटक रुसी सैनिक र सेनाका बारेमा ठूलो मात्रामा झूट सुनेका छौं’, उनले भने ।