अमेरिका, बेलायत र अस्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

अमेरिका, बेलायत र अस्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

एजेन्सी  |  विदेश  |  चैत्र २३, २०७८

संयुक्त राज्य अमेरिका, बेलायत र अस्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।

त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग सुरु गर्न प्रतिबद्ध  रहेको बताएका छन् ।

२०२१ सेप्टेम्बरमा एयूकेयूएस भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने ३ राष्ट्रका नेताहरूले सहयोगका नयाँ घोषणा गरिएका क्षेत्रहरूले 'साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम टेक्नोलोजीहरू र अतिरिक्त समुद्रमुनि क्षमताहरूमा सहयोगलाई अझ गहिरो बनाउनका लागि हाम्रा विद्यमान प्रयासहरूलाई थप्नेछ', विज्ञप्तिमा भनिएको छ ।

अयुकुसअन्तर्गत संयुक्त राज्य अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक शक्तियुक्त पनडुब्बीहरू प्रदान गर्ने बाचा गरेका छन् । फ्रान्सले भने यसलाई ठूला शक्तिहरूबीच हतियार दौडको संज्ञा दिँदै यसले थप त्रास सिर्जना गर्ने र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउने टिप्पणी गरेको छ । गठबन्धन स्थापना भएको केही समयपछि इन्डोनेसियाली विदेश मन्त्रालयले यस क्षेत्रमा जारी हतियार दौड र शक्ति प्रक्षेपणका बारेमा गहिरो चिन्ता रहेको बताएको छ ।

यसैबीच मलेसियाका प्रधानमन्त्री इस्माइल साबरी याकोबले आणविक शक्तिबाट चल्ने पनडुब्बी परियोजनाले यस क्षेत्रमा थप आक्रामक कारबाही गर्न अन्य शक्तिहरूलाई उक्साउन सक्ने टिप्पणी गरेका छन् ।