'रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दै छ'

'रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दै छ'

एजेन्सी  |  विदेश  |  चैत्र २४, २०७८

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।  ‘रुसी सेनाले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आक्रमणका लागि पुनः संगठित र अनुसन्धान संचालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । 

रुसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् । 

सैन्य कार्गो द्रुत रूपमा सार्न रुसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन् ।  हतियार र अन्य उपकरणहरू रुसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेका छन् । 

युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सन नजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपि, यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।