पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने

पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने

एजेन्सी  |  खेलकुद  |  बैशाख ४, २०७९

फ्रेन्च लिग वानको बहुप्रतीक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे १२ बजे सुरु हुनेछ । 

तर, खेलमा मार्सेलीका समर्थकले भने प्रवेश पाउनेछैनन् । पछिल्लो समय २ क्लबका समर्थकबीच बढ्दै गएको तिक्तता र वैमनष्यका कारण पीएसजी घरेलु मैदानमा मार्सेली समर्थकलाई प्रतिबन्ध गरेको हो । 

पछिल्लो समय बढेको घटनाले आइतबारको खेलमा समेत प्राभावित बनाउन सक्छ भन्दै फ्रान्सेली गृह मन्त्रालयले पार्क डे फ्रिन्सेस जानेलाई २४ घण्टाअघि रोक लगाएको हो । 

सन् २०१८ यता २ क्लबबीचको प्रतिस्पर्धामा एकअर्काका समर्थकलाई मैदान प्रवेशमा रोक लगाइएको छ । जारी लिगमा ३१ खेल खेलिसक्दा पीएसजी ७१ अंकसहित शीर्ष स्थानमा छ । मार्सेली भने समान खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ । २ क्लबबीच १२ अंकको दूरी  छ ।