के छ मोदीलाई पाकिस्तानी प्रधानमन्त्री सरिफले पठाएको पत्रमा ?

के छ मोदीलाई पाकिस्तानी प्रधानमन्त्री सरिफले पठाएको पत्रमा ?

एजेन्सी  |  विदेश  |  बैशाख ५, २०७९

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग २ देशबीचका बाँकी मुद्दाहरूको शान्तिपूर्ण समाधानमा जोड दिएका छन् । सरिफले एउटा पत्र लेखेर मोदीलाई यस्तो आग्रह गरेका हुन् । 

यसअघि मोदीले पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएकामा शहबाज सरिफलाई बधाई दिँदै पठाएको पत्रको जबाफमा सरिफले पनि पत्र पठाएका हुन् । 

पत्रमा सरिफले अर्थपूर्ण भारत–पाकिस्तान सम्बन्धबाट २ देशका जनता र क्षेत्रको सामाजिक–आर्थिक विकास हासिल गर्न सकिने बताएका छन् । 

अर्थपूर्ण सम्बन्धबाट नै जम्मु र काश्मिरसहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधान हुने प्रधानमन्त्री सरिफले आशा गरेका छन् । 

सरिफले पाकिस्तान र भारतबीचको ‘शान्तिपूर्ण र सहयोगी’ सम्बन्ध २ देश र क्षेत्रका जनताको सामाजिक–आर्थिक विकासका लागि आवश्यक रहेको बताए ।

सार्थक वार्ता र जम्मु तथा काश्मिरको मूल मुद्दासहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधानमा सरिफले जोड दिएका छन् ।

त्यस्तै, केही दिनअघि सरिफलाई पठाएको पत्रमा मोदीले भारतले पाकिस्तानसँग रचनात्मक सम्बन्ध चाहेको बताएका थिए ।  सरिफले आफू क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध रहेको पनि बताएका थिए । 

इमरान खानमाथि संसद्‌मा पेस भएको अविश्वासको प्रस्ताव संसद्‌बाट पारित भएपछि ११ अप्रिलमा शहबाज सरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।