श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रीमण्डल गठन

श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रीमण्डल गठन

एजेन्सी  |  विदेश  |  बैशाख ५, २०७९

संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल गठन  गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् ।

राजापाक्षेले सुरुमा आफ्ना मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । दैनिक १२ घन्टा लोडसेडिङ, खाद्यान्न, औषधि र इन्धनको अभावले चौतर्फी असन्तुष्टि बढेको छ ।