केएल राहुल र मार्कस स्टोइनिसका कारबाहीमा

केएल राहुल र मार्कस स्टोइनिसका कारबाहीमा

एजेन्सी  |  खेलकुद  |  बैशाख ७, २०७९

रोयल्स च्यालेन्जर्स बैंगलोरसँग १८ रनले पराजित भएको खेलमा ‘कोड अफ कन्डक्ट’ उल्लंघन गरेका कारण लखनऊ सुपर जायन्ट्सका कप्तान केएल राहुल र अलराउन्डर मार्कस स्टोइनिसलाई जरिमाना गरिएको छ । 

इन्डियन प्रिमियर लिग (आईपीएल), २०२२ क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार (हिजो) बैंगलोरविरुद्धको खेलका क्रममा प्रतियोगिताको नियमविपरीत गएको दोषी भएपछि दुवैलाई जरिमाना लागेको हो । 

राहुलले ‘कोड अफ कन्डक्ट’को ‘लेवन वान’अन्तर्गतको नियम उल्लंघन गरेको जनाइएको छ, जसका कारण उनलाई २० प्रतिशत ‘म्याच फि’ जरिमाना गरिएको छ । आईपीएलले भनेको छ, ‘लखनऊका कप्तान केएल राहुलले बैंगलोरविरुद्ध भएको खेलमा आचारसंहिता उल्लंघन गरेको दोषी पाएका छौँ, जसका कारण उनलाई २० प्रतिशत म्याच फि जरिमाना गरिएको छ ।’ 

दोषी केएल राहुलले समेत आचारसंहिताको लेवन वानको अपराध स्वीकार गरेका छन् । 

यता, अस्ट्रेलियाका अल राउन्डर मार्कस स्टोइनिसले बैंगलोरविरुद्ध आउट भए पनि अम्पायरविरुद्ध आफ्नो रिस पोखेका थिए, जसका कारण मार्कसले आचारसंहिता लेवन वान उल्लघंन गरेको खुलेको छ । मार्कस  स्वयंले समेत यो स्वीकार गरेका छन् । 

१५ बल खेल्दै २४ रन बनाएपछि मार्कस १९औँ ओभरमा आउट भएका थिए । यसपछि पूरा रिसाएका मार्कसले अम्पायरसँग झगडा गरेको देखिएको थियो ।