युक्रेनमाथिको हमला रोक्ने रुसको संकेत

युक्रेनमाथिको हमला रोक्ने रुसको संकेत

एजेन्सी  |  विदेश  |  बैशाख ८, २०७९

अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी संचार माध्यम ताससँगकाे कुराकानीमा साे विचार व्यक्त गरेका हुन् । 

‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । दोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन् ’, उनले भने ।

नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्नेबारेमा उनले कुनै विवरण दिएनन् । युक्रेनमाथिको कारबाही योजनबद्ध ढंगले अगाडि बढेको र ‘उसले आफ्ना सम्पूर्ण योजना पूरा गर्ने’ उनले बताए ।