माइक टायसनले मुक्का हानेपछि...

माइक टायसनले मुक्का हानेपछि...

एजेन्सी  |  समाचार  |  बैशाख ११, २०७९

पूर्वहेभीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् । 

घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेका देखिन्छ । आफ्नो सिटमा उनले टाउको झुकाएका पनि देखिन्छ । 

टायसनसँग ‘एक आक्रामक यात्रुसँग विवाद ’ भएको र ती यात्रुले टायसनलाई ‘दुर्व्यवहार’ गरेको बक्सिङ हल अफ फेमरका प्रवक्ताले पुष्टि गरे । प्रहरी परिचालन गरी दुवै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो । ‘एक घाइते’लाई सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य उपचार गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छन् ।
थप अनुसन्धान पेन्डिङ गर्दै दुवै जनालाई गरिएको प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान खुलाएको छैन ।