मस्कोले जर्मनीका ४० कूटनीतिज्ञलाई देश निकाला गर्ने

मस्कोले जर्मनीका ४० कूटनीतिज्ञलाई देश निकाला गर्ने

एजेन्सी  |  विदेश  |  बैशाख १३, २०७९

मस्कोले जर्मनीका ४० जना कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने बर्लिनको ‘शत्रुतापूर्ण निर्णय’को बदलामा मस्कोको पछिल्लो कदम आएको हो ।

रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रुसमा रहेका जर्मनीका कूटनीतिक संस्थाका ४० जना कर्मचारीलाई ननग्राटा घोषणा गर्ने जनाएको छ । 

‘रुसी कूटनीतिज्ञहरूलाई निश्कासन गर्ने जर्मन सरकारको शत्रुतापूर्ण निर्णयको सम्बन्धमा मस्कोस्थित जर्मन कूटनीतिक नियोगका प्रमुख समक्ष कडा विरोध जनाइएको छ’, मन्त्रालयले भनेको छ । 

मन्त्रालयको निर्णयबाट कूल १०० जर्मन प्रभावित हुने प्राप्त विवरणहरूमा जनाइएको छ । रुसी कदम अनुमान गरेअनुसारको भए पनि न्यायोचित नभएको जर्मन विदेशमन्त्री अन्नलेना बेरबोकले बताए ।