नौसेनाको आधार सुरक्षा गर्न रुसले गर्‍यो डल्फिन तैनाथ

नौसेनाको आधार सुरक्षा गर्न रुसले गर्‍यो डल्फिन तैनाथ

एजेन्सी  |  विदेश  |  बैशाख १५, २०७९

रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ । युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई)ले तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा २ वटा सैन्य डल्फिन राखेको उल्लेख छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा ‘विशेष सैन्य अपरेसन’ सुरु गरेपछि डल्फिनलाई त्यहाँ सारिएको थियो ।

 डल्फिनलाई युक्रेनी विशेष बलहरूविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’का लागि प्रयोग गर्न सक्ने यूएसएनआईले भनेको छ । युक्रेनी विशेष फौजले बन्दरागहमा क्षति पुर्‍याउन सक्ने अनुमानमा डल्फिन परिचालन गरिएको बताइएको छ ।

रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रुसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन् । उत्तरी जलसेनाको आधारमा उसले बेलुगा ह्वेल र सिलहरू राखेको छ । बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’का रूपमा प्रयोग हुन्छन् । 

सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले टार्टस नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको थियो ।