बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि...

बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि...

एजेन्सी  |  विदेश  |  बैशाख १५, २०७९

बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन । 

ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामग्री हेरेको आरोप लगाएकी छन् । गत साता एउटा समितिको बैठकमा सो घटना भएको दि टाइम्सले जनाएको छ । 

ती सांसदले अर्को फरक समयमा पनि अश्लील सामग्री हेरेको आफूले पाएको तर तस्बीर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छन् । 

सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।