इमरान खानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा

इमरान खानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा

एजेन्सी  |  विदेश  |  बैशाख १८, २०७९

पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिद–ए–नबविम  प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

सामाजिक संजालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज सरिफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा पुग्दा केही तीर्थयात्रीहरू (इमरान खानका समर्थकहरू)ले चोर गद्दार भनेर चिच्याइरहेको देख्न सकिन्छ । 

पाकिस्तानी तीर्थयात्रीहरूले प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि अपमानजनक भाषा प्रयोग गरेका थिए । मदिना प्रहरीले नाराबाजीमा संलग्न ५ जना पाकिस्तानीलाई पक्राउ गरेको दाबी गरेको छ ।