अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी  |  विदेश  |  बैशाख १८, २०७९

अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रूपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा हिंसात्मक आक्रमणका घट्ना हुनु दुःखद् भएको जनाएको हो ।

पछिल्ला हप्ताहरूमा यहाँ हत्या, हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरूले यहाँका सर्वसाधारण नागरिकहरूलाई नपशाना बनाएकाले यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । अफगानिस्तानमा मजार ए शरिफमा रहेको एक मस्जिदमा गत बिहीबार हमला हुँदा धेरै नागरिकको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार कुन्दुजमा २ वटा बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।

यहाँका अल्पसंख्यक धार्मिक समुदायका नागरिकमा हुने गरेको हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।