दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

एजेन्सी  |  विदेश  |  बैशाख २२, २०७९

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएको  प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचार माध्यमले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले स्थानीय समयअनुसार बिहान २:१५ बजे (०९१५ जीएमटी) रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्यहाँ पुगेका थिए । घटनाबारे अनुसन्धान जारी छ ।