ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास

ताइवान नजिक चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास

एजेन्सी  |  विदेश  |  बैशाख २६, २०७९

चिनियाँ सेनाले ताइवान नजिकै अर्को चरणको अभ्यास गरेको चिनियाँ जनमुक्ति सेनाले सोमबार जनाएको छ । संयुक्त लडाइँ अभियानलाई सुधार गर्न सो अभ्यास गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

ताइवानले दाबी गरेको टापु नजिकै गतिविधि बढेको र ताइवानमा चिनियाँ आक्रमणको आशंका बढिरहेका बेला पछिल्लो विवरण सार्वजनिक भएको हो । पछिल्ला २ वर्षदेखि ताइवान नजिकै चिनियाँ सैन्य गतिविधि बढेको ताइपेईले गुनासो गर्दै आएको छ ।

सैन्य अभ्यास र गतिविधि वायु रक्षा पहिचान क्षेत्र वा टापुको एडीआइजेडको दक्षिणी र दक्षिण-पश्चिमी भागमा संचालन गरिएका छन् । १८ वटा चिनियाँ विमानहरू आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार ताइवानको वायुसेनालाई ‘एक्सन’मा राखिएको थियो ।