पुटिनद्वारा फ्रान्स र जर्मन नेतासँग छलफल

पुटिनद्वारा फ्रान्स र जर्मन नेतासँग छलफल

एजेन्सी  |  विदेश  |  जेठ १५, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले वार्तामा युक्रेनका विषयमा कुराकानी गरेका बताइएको छ । उनले विश्वमा हाल देखापरिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेका समाचारमा जनाइएको छ ।

शनिबार रुसी राष्ट्रपति पुटिनले उनीहरूसँग फोनमा कुराकानी गरेका मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ । त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले युक्रेनको पछिल्लो अवस्था र विशेषगरी युक्रेनमा रुसले गरेको सैन्य कारबाहीबारे जानकारी गराएका थिए ।

उनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाहीका क्रममा अन्तर्राष्ट्रिय कानुनका साथै अन्य मूल्य, मान्यताहरू पनि पालना गरेको जानकारी दिएका थिए ।