युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

एजेन्सी  |  विदेश  |  जेठ १६, २०७९

फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भोलोदोमिर जेलेन्स्कीसँग भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ ।

रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई पर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक विश्लेषकहरूको आलोचनाबीच कोलोनाले युक्रेन भ्रमण गर्दै छन् । 

रुसी फौजले दोनबास क्षेत्रको प्रमुख शहर सिभिएोदोनेस्क कब्जाका लागि आक्रमण तीब्र पारिरहेका बेला युक्रेनलाई सहयोग दोहोर्‍याउन युरोपेली युनियनका नेताहरूबीच पनि बैठक हुँदै छ । 

यसैबीच रुसी सेना पूर्वी युक्रेनतर्फ थप अगाडि बढिरहेको छ ।