यात्रुवाहक बस दुर्घटनामा ५ को मृत्यु, १३ जना घाइते

यात्रुवाहक बस दुर्घटनामा ५ को मृत्यु, १३ जना घाइते

एजेन्सी  |  विदेश  |  जेठ १७, २०७९

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा ५ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर पेसावरबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ गइरहेको थियो । घाइते अधिकांश यात्री सिन्धका विभिन्न शहर र पूर्वी पञ्जाब प्रान्तका बासिन्दा हुन् ।

उचित मर्मतसम्भार नभएका सवारी साधनको संचालन, जीर्ण सडक र सडक सुरक्षामा सावधानी नअपनाउँदा पाकिस्तानमा हरेक दिनजसो घातक  सडक दुर्घटना हुने गरेका छन् ।