मोदीको एप्रोभल रेटिङ महामारीयताकै उच्च

मोदीको एप्रोभल रेटिङ महामारीयताकै उच्च

एजेन्सी  |  विदेश  |  जेठ १८, २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एप्रोभल रेटिङ कोभिड- १९ महामारीयताकै उच्च देखिएको छ । लोकल सर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणमा सहभागी ६४ हजार मानिसमध्ये ६७ प्रतिशले मोदीले कठिन समयमा आफ्ना बाचा पूरा गरेको बताए । कोभिडका कारण अस्पताल र शवगृह अस्तव्यस्त हुँदा मोदीले आफ्ना बाचा पूरा गरेको ती सहभागीले बताए ।

मोदीको एप्रोभल रेटिङ सन् २०२१ मा ५१ प्रतिशत र २०२० मा ६२ प्रतिशत थियो । सोही समयमा भारत महामासँग लडिरहेको थियो । 

के भारत सरकार कोभिड- १९ संक्रमणको तेस्रो लहरलाई ह्यान्डल गर्न राम्रोसँग तयार थियो ? भन्ने प्रश्नको अधिकांश सहभागीले सकारात्मक जबाफ दिएका थिए ।

३७ प्रतिशतले बेरोजगारी व्यवस्थापनमा सरकारमाथि विश्वास बढेको बताए भने ७३ प्रतिशतले भारतमा आफ्नो र आफ्नो परिवारको भविष्यप्रति आशावादी रहेको बताए ।

त्यस्तै, ५० प्रतिशतले भारतमा व्यवसाय गर्न सहज भएको बताएका थिए भने ६० प्रतिशतले साम्प्रदायिक सद्भाव सुधार गर्न सरकार प्रभावकारी भएको उल्लेख गरे । 

यो मूल्यांकन मोदी सरकारका लागि सुखद सावित हुनेछ । सन् २०२४ मा हुने लोकसभा निर्वाचनमार्फत मोदी नेतृत्वको भाजपा पुनः शक्तिमा आउने दाउमा छ ।