बेलायतमा मंकीपक्सः यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा मंकीपक्सः यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

एजेन्सी  |  विदेश  |  जेठ १९, २०७९

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ । 

संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ, जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिएको छ ।

सावधानीको रूपमा संक्रमणपछि ८ हप्तासम्म कन्डम प्रयोग गर्न भनिएको छ । संक्रमणको जोखिम न्यून रहेको तर मानिसहरू नयाँ दाग वा घाउप्रति सतर्क हुनुपर्ने यूकेएचएसएले सुझाव दिएको छ ।

स्कटल्यान्डमा ४, उत्तरी आयरल्यान्डमा २ र वेल्समा १ जनामा कोभिड देखिएको छ ।शरीरमा रातो फोका देखिनु र हल्का ज्वरो आउनु मंकीपक्स संक्रमणका लक्षण हुन् ।

भाइरस संक्रमित र उनीहरूको सम्पर्कमा रहेकालाई २१ दिनसम्म घरमा अलग्गै बस्न भनिएको छ ।