उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी  |  विदेश  |  जेठ २२, २०७९

उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सिउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । ४ वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका थिए । 

आर्थिक प्रतिबन्धबीच प्योङयाङले आफ्नो आणविक कार्यक्रमको स्तर उन्नति गरेको छ । उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । ‘उत्तर कोरियाले पूर्वी तटमा अपरिचित व्यालिस्टिक मिसाइल प्रहार गरेको छ’, सिउलका जोइन्ट चिफ अफ स्टाफले आइतबार भने । 

उत्तर कोरियाबाट व्यालिस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने रक्षा मन्त्रालयलाई उद्धत गर्दै जापानको तटीय गार्डले जनाएको छ । उत्तर कोरियाका आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उसमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।

तर, प्रतिबन्धबीच उत्तरले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्दै आएको छ । आणविक गतिविधि रोक्न आफूमाथि लाग्दै आएको प्रतिबन्ध रोक्नुपर्ने प्योङयाङले माग गर्दै आएको छ ।