चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

एजेन्सी  |  विदेश  |  जेठ २२, २०७९

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।

सेन्झोउ- १४ अन्तरिक्ष यान बोकेको लङ मार्च- २ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार आइतबार बिहान १०:४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चिनियाँ संचार माध्यमहरूले जनाएका छन् ।

मिसन कमाण्डर चेन दोङसँगै लिउ याङ र काइ जुझे सेन्झाउ- १४ मा सवार छन् ।