नेदरल्याण्ड्सको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’

नेदरल्याण्ड्सको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’

एजेन्सी  |  खेलकुद  |  असार ९, २०७९

तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्ड्समाथि ८ विकेटको जित निकाल्दै ३ एक दिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३-० को  ‘क्लिन स्विप’ गरेको छ । 

बुधबार राति नेदरल्याण्ड्सले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले सर्वाधिक १०१ रन बनाए । यस्तै, कप्तान जस बट्लरले अविजित ८६ रन जोडे । नेदरल्याण्ड्सका पाउल भान मिकिरणले २ विकेट लिए  ।

यसअघि भीआरए मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४४ रन बनायो । 

नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले सर्वाधिक ६४ रन बनाए । यस्तै, बास डी लिडेले ५६ तथा म्याक्स ओडोडले ५० रनको योगदान गरे । इंग्ल्यान्डका डेभिड विलले सर्वाधिक ४ विकेट लिए ।

यसअघिका २ खेलमा इंग्ल्यान्ड २३२ रन र ६ विकेटले विजयी भएको थियो । अब, इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध ३ टेष्ट शृंखला खेल्दै छ ।