जी–७ समूहको सम्मेलन: युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जी–७ समूहको सम्मेलन: युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

एजेन्सी  |  विदेश  |  असार १४, २०७९

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका ७ वटा धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ । 

भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्कीले पश्चिमा देशहरूबाट थप भारी हतियारका लागि अपिल गरे । 

जी– ७ नेताहरू बढ्दो रुसी आक्रामकताविरुद्ध आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्नेछौँ र युक्रेनलाई जति समय लाग्छ, त्यसको साथमा उभिनेछौँ’, उनीहरूले विज्ञप्तिमा भनेका छन् । 

‘हामी बेलारुसको सहयोगमा रुसद्वारा युक्रेनविरुद्धको क्रूर, अव्यावहारिक, अनुचित र गैरकानुनी आक्रामक युद्धको निन्दा गर्छौं’, विज्ञप्तिमा भनिएको छ ।