प्रेस चौतारी खोटाङ: सूचना मागेर समाचार लेख्ने र लेखाए बापत साधारण सदस्यबाट निष्कासन !

लोकसंवाद समाचार असर

प्रेस चौतारी खोटाङ: सूचना मागेर समाचार लेख्ने र लेखाए बापत साधारण सदस्यबाट निष्कासन !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३१, २०७९

खोटाङ। स्थानीय तहका  निर्वाचित जन प्रतिनिधिले गरेकाे अनियमितता गरेकाे विषयमा सूचनाको हकको प्रयोग गरी सूचना माग गरेको निवेदन नै  गायब गरेर सूचना नदिएको विषयमा समाचार लेख्ने र लेखाए वापत प्रेस चौतारी नेपाल खोटाङले जिल्ला कार्यसमिति सदस्य दिपेश श्रेष्ठलाई साधरण सदस्य समेत नरहने गरी निष्कासन गरेकाे छ ।

यही असार २९ गते  प्रेस चौतारी नेपाल खोटाङका अध्यक्ष सिताराम राई र सचिव दिवस रिजालद्वारा जारी प्रेस विज्ञप्ति मार्फत निष्कासन गरको जानकारी गराइएको हाे । 

प्रेस चौतारी नेपाल खोटाङले जिल्ला कार्यसमिति सदस्य दिपेश श्रेष्ठलाई साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्दै विज्ञप्तिमा भनिएको छ - 'स्थानीय तहका प्रमुख र कार्यरत कर्मचारीलाई  टेलिफोन  सम्पर्क गरी रकम असुल्ने, नदिए निराधार भ्रमित समाचार लेख्ने र लेख्न लगाउने गुनासो आएपछि उक्त गुनासोका आधारमा प्रेस चौतारी नेपाल खोटाङले जिल्ला कमिटी खोटाङको बुधबार बसेको  बैठकको निर्णयले जिल्ला सदस्य श्रेष्ठलाई आजका मितिबाट साधरण सदस्य नै नरहने गरी  प्रेस चौतारी नेपाल  जिल्ला कमिटी खोटाङबाट निष्कासन गरिएकाे छ ।' 

प्रेस चौतारी नेपाल खोटाङले विज्ञप्ति निकाल्नु भन्दा ठिक अघिल्लो  दिन अर्थात् असार २८ गते लोकसंवाद डटकमले पत्रकार  दिपेश श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सूचना माग गरेकाे विषयमा नगरपालिका कर्मचारीले निवेदन गरेकाे विषयमा 'दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अनियमितता: सूचना मागको निवेदन नै गायब' शिर्षकमा  निवेदन सहित समाचार प्रकाशन गरेकाे थियो । 

पत्रकार  दिपेश श्रेष्ठले नेकपा एमाले निकट कर्मचारी संगठनका नेता आन्तरिक लेखा परीक्षक मोहन कुमार भट्टराई (जसले सूचना माग गरेकाे निवेदन गायब गरेका थिए) दबाबमा निष्कासन गरिएकाे गुनासो गरका छन् । यद्यपी आफुले२०७९ मा आसार २ मा प्रेस चौतारी खोटाङका अध्यक्षलाई सम्बोधन  सहित संगठनबाट राजिनामा  पेस गरि स्वतन्त्र भइसकेको हुँदा कारबाहीको कुनै अर्थ नरहेको बताएका छन् । 

आफू स्वतन्त्र हुनु अगावै नगरमा भएको अनियमितताको अपुष्ट शीर्षकका केही बुँदा सहित सुचना अधिकारी मार्फत पुष्टिको लागि सुचना मागेको  तर सो नगरपालिकाका शाखा  प्रमुख र कर्मचारीहरुले सो सुचना माग गरिएको निवेदन नै  गायब गर्नेको प्रभावमा प्रेस चौतारी नेपाल खोटाङ परेपनि आफूलाई केही फरक नपर्ने र निरन्तर खबरदारी गरिरहने बताएका छन् ।