कायर सर्वज्ञानी बुद्धिजीवीको अलाप : चिया पसलदेखि भट्टीसम्म नेता खराबको बहस

कायर सर्वज्ञानी बुद्धिजीवीको अलाप : चिया पसलदेखि भट्टीसम्म नेता खराबको बहस

असिम भूसाल  |  दृष्टिकोण  |  श्रावण १२, २०७९

अमरसिंह थापा, बलभद्र कुँवर युद्धबाट डराएको भए आज हामीलाई उनीहरुको नाम स्मरण हुने थिएन। हाम्रा ४ शहीदलाई राणा शासनको विरोध नगर्न सुझाउने धेरै मानिसहरु पनि थिए होलान्।

अझ  यसरी होइन उसरी गर्नु पर्थ्यो भनेर अर्ति दिने मानिसहरु पनि थिए पनि होलान्। यो एकजना उफ्रिएर कहाँ राणा शासन ढल्छ भन्ने बुद्धिजीवी थिए होलान् । एउटा बन्द कोठामा, चिया पसलमा बुद्धि विलास गरेर आफैले आफैलाई बुद्धिमान छु भनेर ढाडमा धाप मार्न सकिन्छ तर त्यसको केहि तात्विक अर्थ हुदैन। पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ हेरेर मात्र काठमाडौँमाथि विजयी भएका होइनन्। दोस्रो पटक लडाइमा पराजित भएपनि हार नमानी तेस्रो पटक आक्रमण गरि विजय भएका थिए। राजगद्दीमा बसेर सोमरस पिउँदै जुँगा मसारेर विजयी भएका होइनन्, युद्धमा गएर, लडेर विजयी भएका हुन्।

नेपाल बिग्रनु मा कायर बुद्धिजीवी एक प्रमुख कारक हुन । यो प्रजातिको आफ्नै विशिष्ट विशेषता हुन्छ। यसलाई सहि के हो, गलत के हो स्पष्ट रुपमा थाहा छ। उनीहरुलाई देश कता कताबाट प्वाल पारिँदैछ भन्ने थाहा हुन्छ। तर उनीहरु त्यो प्वाल टाल्न चाहँदैनन्। अरुले टालिदिए हुन्थ्यो भनेर कुरेर बस्छन् । जसले टाल्न खोज्छ, उनीहरुलाई टाढाबाट गाली गर्छन, आँखा तर्छन् या यसो भनौं सहयोग गर्दैनन्। यसरी गर्, उसरी गर् भनेर चिच्याउँछन्।  मैले टाल्न पाएको भए यसरी टाल्थे भनेर आफुलाई बाठो देखाउन खोज्छन् तर आफु टाल्न कोशिस गर्दैन।

नेता खराब भयो भन्ने बहस चिया पसल देखि भट्टीसम्म चल्छ। तर गफ मात्र चल्छ। यी नेता भन्दा त म खतरा काम गरिदिन्छु भन्ने प्राय सबै नेपालीलाई लाग्छ। यिनले भ्रस्टाचार मात्र गरे, सात पुस्तालाई पुग्ने कमाए भन्ने सबै नेपालीलाई लाग्छ, त्यहि पनि हरेक ५ वर्षमा तीनै भ्रष्टहरूको बहुमत संसदमा बहुमत किन  हुन्छ ? हामी आफु मैदानमा उत्रिन चाहँदैनौ। हामी रंगमञ्चमा फुटबल हेरेको दर्शक जस्तै छौँ। आफ्नो सिटमा बसेर खेलाडीलाई पास गर्, सिधै गोल हान भनेर चिच्याइ रहन्छौं।

कहिले आफ्नो टिम हार्‍यो भने चित्त दुखाउँछौँ, जित्दा संसार जितेजस्तो अनुभव गर्छौं। खेल सकिएपछि घर फर्किन्छौं। खेलाडीले झुर खेल्यो भनेर जता पनि भन्दै हिँड्छौँ। तर आफै बुट लगाएर मैदानमा निस्किदै नौं। किनकि हामीलाई थाहा छ, राम्रो खेलाडी हुन त परको कुरा, हामीलाई त झुर खेलाडी हुन पनि गाह्रो छ । झुर खेलाडी हुन पनि ९० मिनेट दगुर्न पर्छ। हामी ९० सेकेन्ड पनि दगुर्न सक्दैनौ। तर पनि हामीमा त्यो खेलाडी भएको भए यस्तो गर्थे भन्न छोड्दैनौ।

त्यसैगरी सहि होस या गलत होस्, खराब होस् या असल होस्, नेता यत्तिकै नेता भएको होइन। संगठन बनाउन पर्यो, कार्यकर्ता बनाउन पर्यो, आफुले उठ भने उठ बस भने बस्ने मान्छे तयार गर्नु पर्यो, पर्दा खेरि ढुंगा मुढा गर्ने आसेपासे बनाउन पर्यो। कुस्त कमाउन पर्यो। आफु मात्र धनी भएर भएन, आसेपासेलाई पनि गुलियो चखाउन पर्यो ।

कुनै नेताले जग्गा खायो- नेताको बचाऊ गर्छौं, मन्त्रालयको सीसीटिभी भिडियो हरायो- मन्त्रीको बचाऊ गर्छौं, आफ्ना पार्टीको दिल ज्यान दिएर बचाऊ गर्छौं- चाहे त्यो सहि होस् या गलत। एमसीसी र एसपीपी पास गर्नेहरुले नै सधैँ सत्ता चलाउने हो। सुस्ता, महाकाली  बेच्नेहरु प्रधानमन्त्री हुन्छन। उनीहरु आफै हुदैन, हामी कर गरि गरि चुनावमा उठाउँछौं, भोट हाली जिताउँछौँ, अनि फेरी ५ वर्ष सबै नेताहरु चोर हुन् भनेर फत्फताउछौँ।

पुलिस, ठेकदार, कर्मचारी सबलाई आफ्नो बनाउन पर्यो। हरेक ५ वर्षमा फेरी भोट पनि पाउन पर्यो। खराब नेता हुन त यति गाह्रो हुन्छ असल हुन त्यो भन्दा गारो हुन्छ। भ्रस्टाचार गर्न भएन। २(४ जना कार्यकर्ता संगै हिँड्दा खाजा खुवाउन सक्ने ल्याकत हुन पर्यो। आसेपासे ले आर्थिक लाभ नपाउने भए पनि कार्यकर्ताको बलियो साथ पाउन पर्यो। नीति नियमको अध्ययन गरेको हुन पर्यो। आफ्नो देशको भौगोलिक, सामाजिक, आर्थिक यथार्थ राम्रोसंग बुझेको हुन पर्यो। ५ वर्षमा आउने चुनाब बारे होइन ५० वर्ष सम्म देशमा गर्न सकिने कामका सम्भावनाका दीर्घकालीन योजना हुन पर्यो। नैतिक, चारित्रिक र आर्थिक रुपमा सफा हुन पर्यो। र यी सबका साथै ५ वर्षमा आउने चुनावमा पनि जित्नु पर्यो।

यस्तो गर्नु पर्छ, उस्तो गर्नु पर्छ भन्ने तर आफु केहि नगर्ने, अर्को कोहि आओस् र थिति बसालोस् भन्ने सोच्नु भनेको कायरता हो। नेता बन्न अनेक दाउपेच लगाएर आफ्नो सारा समय लगाउनु पर्छ । खराब नेता बन्न पनि एउटा लगनशीलता, निरन्तरता चाहिन्छ जुन हामी सर्व ज्ञानीमा छैन। सबैले म दाहाल भए यस्तो गर्थे, ओली भए यस्तो गर्थे, देउवा भए यसो गर्थे भन्छौं तर उनीहरुले आजको हैसियत बनाउन जे जति कष्ट गरे त्यो गर्न डराउँछौँ।

पुष्पकमल लाई प्रचण्ड हुनको लागि आफ्नो र आफ्नो परिवारको ज्यान जोखिममा राखी १० वर्ष राज्यसँग विद्रोह गर्न पर्यो, ओली डेढ दशक भन्दा बढी जेल बस्न पर्यो, देउवाले चरम शारीरिक यातना भोग्नु पर्यो। हामी भने समाचार पढ्न समेत रुची राख्दैनौ। कुनै नेताले जग्गा खायो- नेताको बचाऊ गर्छौं, मन्त्रालयको सीसीटिभी भिडियो हरायो- मन्त्रीको बचाऊ गर्छौं, आफ्ना पार्टीको दिल ज्यान दिएर बचाऊ गर्छौं- चाहे त्यो सहि होस् या गलत। एमसीसी र एसपीपी पास गर्नेहरुले नै सधैँ सत्ता चलाउने हो। सुस्ता, महाकाली  बेच्नेहरु प्रधानमन्त्री हुन्छन। उनीहरु आफै हुदैन, हामी कर गरि गरि चुनावमा उठाउँछौं, भोट हाली जिताउँछौँ, अनि फेरी ५ वर्ष सबै नेताहरु चोर हुन् भनेर फत्फताउछौँ।

हामीलाई हामीले भोट नहाल्ने नेता इमान्दार चाहिन्छ, किनकि आफ्नो पार्टीको नेता त आफ्नो पार्टीको भएर राम्रो हुन्छ। कायर हरु यसरी नै  अलाप गर्छन जो हामी गरिरहेका छौं । चिसो पानीमा राखेर तताउन राखेको भ्यागुतोले रमाए झै रमाइ रहेका छौँ ।जब विस्तारै पानी तात्दै जाँदा रमाउँदा रमाउँदै भ्यागुतो मरेको थाहा पाउँदैन । सायद अब अबेला भइसक्यो कि !  पानी उम्लिन थालि सक्यो कि !