युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको हुन सक्ने अमेरिकन दाबी

युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको हुन सक्ने अमेरिकन दाबी

एजेन्सी  |  विदेश  |  श्रावण २४, २०७९

न्युयोर्क । २४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका  छन् । '६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसी नगारिकको मृत्यु भएको हुन सक्छ', रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए । 

युद्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी  गरेका छन् । रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिहेका बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् ।