हामी

हामी

चिरन ‘चिदानन्द’  |  साहित्य  |  भदौ ४, २०७९

इतिहासमै रमाउने मानिस हामी
यथार्थबाट टाढिन खोज्ने गर्छौँ
हिजोका दिनमा बाँच्न अभ्यस्त छौं 
आजका दिनमा बाच्ने रहर पक्कै छैन ।।

पाठशाला जान्छौ अनि खुसी हुन्छौं
इतिहास पढेर 
बिज्ञान हामीलाई झिजो लाग्छ 
किनकि भोलिलाई सपना बुन्नु छैन ।।

फ्रेम हालेर सजिएका वादहरू साथ छन्
लम्पसार वादको कोट हामीलाई सारै सुहाएको छ
भिक्षामा रमाउने हामी दानीहरु हौं
त्यसैले त हामी हिजोबाट भोलि देख्न सक्ने भएका छौं ।।

बेमौसमी वर्षाका बादलहरूसँग हामी अभ्यस्त छौं 
रंग बदल्न जानिसकेम
छेपारोलाई ओझेलमा पार्ने गरि 
हामी यस्तै छौ, त्यसैले त हामी छौं ।।