बैकल्पिक राजनीतिको बहस: मूल समस्या निश्चित व्यक्ति र निश्चित झुण्डमा हैन प्रणालीमा

बैकल्पिक राजनीतिको बहस: मूल समस्या निश्चित व्यक्ति र निश्चित झुण्डमा हैन प्रणालीमा

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  भदौ ६, २०७९

सामान्यतया बैकल्पिक भन्ने बित्तिकै मौजुदा अवस्था  भन्दा  फरक अवस्था भन्ने हो । मौजुदा अवस्था  भन्दा  फरक भएन भने  सामान्यतया विकल्पको खोजी गरेको मानिँदैन । 

हिजो आज नेपालमा  वैकल्पिक राजनीतिको बहसले स्थान पाइरहेका छ ।  तर  मौजुदा राजनीतिको विकल्प के हुन सक्छ ? भन्ने कुरामा एक मत रहेको पाइँदैन । यसका लागि  बहस हुन जरुरी छ ।

कुनै पनि चिजले गति लिन सक्ने जति नलिए पछि त्यसको विकल्प खोजिनु स्वाभाविक हो । हामीले बैकल्पिक राजनीतिको कुरा गर्दा मौजुदा राजनीतिले कति गति लिन सक्थ्यो भन्ने कुरा को पनि ख्याल हुन जरुरी हुन सक्छ । यस कारण मौजुदा राजनीतिक दलहरूले के कारणले उनीहरूले आफूले गर्न सक्ने पनि गरेनन् त ? किन गरेनन् ? भन्ने कुरा निम्नानुसार केलाउन सकिन्छ ।

कता चुके त  दलहरू ? 

लोकतान्त्रिक प्रणालीको प्राण नै मानिने राजनीतिक दलहरू किन लोकतन्त्रलाई नै खतरामा पार्ने गरेको आरोप लागिरहेको छ ।यो किन आरोप लागि रहेको छ ? कता चुके त दलहरू ? यसलाई निम्नानुसार हेर्न सकिन्छ ।

१. विचारबाट स्खलित हुनु

राजनीतिक दलहरूका लागि सबै भन्दा महत्त्वपूर्ण कुरा नै राजनीतिक विचार हो । समाजका विद्यमान अन्तर्विरोधबाट विचार निर्माण हुने हुँदा राजनीतिक दलहरूका लागि विचार महत्त्वपूर्ण हुन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा वर्तमान अवस्थामा अहिलेका सबै राजनीतिक दलहरू  आफ्नो विचार,विधि,पद्धति र नीतिबाट प्राय पाखा लागेको हामीले पाएका छौँ ।

बैकल्पिक राजनीतिको कुरा गर्दे गर्दै मौजुदा राजनीतिक दलहरूबाट पनि अब को राजनीतिले यी महत्त्वपूर्ण कुराहरू सिक्न जरुरी छ । यस कारण वैकल्पिक राजनीतिलाई मौजुदा दलहरूले अपनाएको आधार र बाटो बाट अगाडी बढाउनु के बैकल्पिक राजनीति हो र ? कदापि हुन सक्दैन । यी आधार र यो बाटा बाट ठिक ठाउँमा पुगिँदैन भन्ने थाहा हुँदाहुँदै त्यही बाटोमा हिँड्नु मूर्खता मात्र हो

लोकतान्त्रिक आदर्शलाई आत्मसाथ गर्ने दलहरू चरम ढोगी लम्पट र सामन्तहरूको 'नौला क्लब' बन्दै जानु र प्रगतिशील आदर्श मान्य दलहरू चरम अवसरवाद, नातावाद, जाली र काला झुण्डहरू निर्माण हुँदै जानु नै मौजुदा राजनीतिक दल र राजनीतिका लागि विडम्बना हुन सक्छ । यस कारण मौजुदा दलहरू असफल हुनु को मुख्य आधार नै दलहरू विचारबाट स्खलित हुनु नै प्रमुख आधार हुन सक्छ । 

 

२. अराजक चरित्र निर्माण हुनु

 

राजनीतिक दलहरूको दोस्रो र महत्त्वपूर्ण कुरा राजनीतिक चरित्र निर्माण गर्ने  हो । चरित्र मुख्य गरेर दलले बोकेको आदर्श ले निर्माण गरेको हुन्छ । मौजुदा दलहरूको सन्दर्भमा कुरा गर्दा यस मानेमा दलहरू निकै अलमलिएको अवस्थामा छन् । लोकतान्त्रिक विचार बोक्ने दलहरूको लोकतान्त्रिक चरित्र निर्माण नहुनु , प्रगतिशील विचार बोक्ने दलहरू को प्रगतिशील चरित्र निर्माण नहुनु नै मौजुदा दल र राजनीतिक नेताहरू असन्तुष्टि  चुली रहेको छ ।

यस कारण वर्तमान दलहरूले आफ्नो आदर्श अनुसारको चरित्र निर्माण नगरेका कारण  दलहरू भित्र आन्तरिक अराजकता मौलाउँदै गयो र यही अराजकताले नै यी दलहरूलाई अन्ततः असफलताको साँधमा पुर्‍याएको छ ।

यसैले कुनै पनि राजनीतिक दलहरूको राजनीतिक चरित्र निर्माण हुन पर्छ । यस कारण मौजुदा राजनीति र दलहरू यी मानेमा पर हुँदै स्वार्थ वादमा हराएका कारण मौजुदा दलहरू राजनीतिक दलहरू नभएर सामन्ती बुख्याचा भयको प्रस्ट छ । यस कारण मौजुदा दलहरू चुक्नु मा यो पनि प्रमुख आधार हुनसक्छ  ।

३. जनभावना लाई बुझ्न नसक्नु

राजनीतिक दलहरूले मुख्य रुपमा जनता को भावना लाई कदर गर्न सकेन भने पनि दलहरू अगाडी बढ्न सक्दैनन् । अहिलेका दलहरूले जनभावनालाई पनि लत्त्याएको हामीले प्रस्ट रुपमा देखे भोगेको छौ । नेपाली जनताले अहिलेका सबै राजनीतिक दलहरूलाई अगाडि बढाएका कै हुन  । तर ती दलहरूले जे आशा र जुन अपेक्षाले दलहरूलाई जनताले अगाडी बढाए त्यो आशा र अपेक्षा अनुसारको काम गर्न नसक्ने र जनता को भावनालाई लत्त्याउनु नै मौजुदा राजनीति र दलका लागि प्रत्युत्पादक हुन सक्छ । विचारलाई जनता संगठित गर्ने माध्यम र जनता लाई सत्ता मा पुग्ने साधन बनाउनु नै यी दलहरूका लागि दुखद कुरा हो । यस कारण मौजुदा राजनीति र दलहरू चुक्नुमा एक आधार यो पनि हो ।

४. भू–राजनीतिक मामिलामा पर निर्भर हुनु

कुनै पनि देश को राजनीतिले भू-राजनीतिलाई पनि विशेष ख्याल गरेको हुन्छ भने दलहरूले पनि यो मामिलामा निकै महत्त्व दिएको हुन्छ । नेपालको सन्दर्भ कुरा गर्दा मौजुदा दलहरूले प्रस्ट रुपमा भन्दा परनिर्भर भएर गएको अनुभूति हुन्छ । विगत लामो समय देखि को नेपाली राजनीति र राजनीतिक दलहरू लाई हेर्ने हो भने सबैले विदेशी प्रभु कै इसारामा काम गरेको हामीले पाएको छौँ । यस कारण यी दलहरूको असफलताको कडी यो पनि हो । यसैले स्पष्ट रुपमा के भन्न सकिन्छ भने मौजुदा दलहरू यो माने मा पनि चुकेको देखिन्छ ।

 यी तमाम कारणहरूले स्पष्ट पार्छन् मौजुदा राजनीतिक दलहरू असफलताको कसी मै छन् ।

बैकल्पिक राजनीतिको राजमार्ग के हुन सक्छ ?

वैकल्पिक राजनीतिको कुरा गर्दे गर्दै मौजुदा राजनीतिक दलहरूबाट पनि अब को राजनीतिले यी महत्त्वपूर्ण कुराहरू सिक्न जरुरी छ । यस कारण वैकल्पिक राजनीतिलाई मौजुदा दलहरूले अपनाएको आधार र बाटो बाट अगाडी बढाउनु के बैकल्पिक राजनीति हो र ? कदापि हुन सक्दैन । यी आधार र यो बाटा बाट ठिक ठाउँमा पुगिँदैन भन्ने थाहा हुँदाहुँदै त्यही बाटोमा हिँड्नु मूर्खता मात्र हो । यसैले केही स्थानमा स्वतन्त्र व्यक्तिले चुनाव जित्नु कोही स्वतन्त्र पार्टी बन्दै हिँड्नु र कोही पाखा लागेको शक्तिका पक्षमा लाग्नु वैकल्पिक राजनीति हुन सक्दैन । किनकि आजको मूल समस्या निश्चित व्यक्ति हैन निश्चित झुन्ड हैन । यो त समग्र राजनीतिक प्रणालीको कुरा हो । यस कारण धरानमा हर्कले जित्नु,  काठमाडौँमा बालेन ले जित्नु रविले स्वतन्त्र पार्टी बनाउनु र रवीन्द्र पूर्व राजका पछि लाग्नु वैकल्पिक राजनीतिको बाटो हुन सक्दै सक्दैन । यस कारण आजको मूल अन्तर्विरोध व्यक्ति हैन प्रणालीमा खोजिनु पर्छ । 

यसैले यदि अब बैकल्पिक राजनीतिको गाडीलाई अगाडी लैजाने हो भने मौजुदा दलहरू हिँडेको बाटो बाट भन्दा फरक बाटो बाट अगाडी लैजान सक्नु पर्छ । यस कारण प्रस्ट रुपमा भन्दा चुनाव लडेर वैकल्पिक राजनीतिको कुरा गर्नु फगत समयको बरबाद मात्र हो । यसैले जनता को नयाँ जनवादी विद्रोह नै वैकल्पिक राजनीतिको नयाँ गोरेटो हुन सक्छ ।