दलहरू सामूहिक संस्था हुन कि एकल निजी कम्पनी ? राजनीति सेवा कि व्यापार ?

दलहरू सामूहिक संस्था हुन कि एकल निजी कम्पनी ? राजनीति सेवा कि व्यापार ?

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  भदौ १५, २०७९

मौजुदा नेपाली राजनीतिक दलहरु माथि विमर्ष गर्दा विभिन्न अनुत्तरित प्रश्नहरु खडा हुने गरेका छन् । सरसर्ती हेर्दा  प्रश्नहरु स्वभाविक हुन जस्तो लाग्ने गरेको छ ।  राजनीतिक पार्टीले गर्ने काम भन्दा भिन्न खालका कार्यमा व्यस्त हुँदा यस्ता खालका प्रश्न उत्पन्न हुनु स्वभाविक जस्तै हुन सक्छ ।

मूलतः राजनीतिक पार्टी हरु निश्चित मुल्य मान्यता र संस्कार  बोकेर  टिक्ने गर्दछन् । तर मौजुदा दलहरु माथि यस मानेमा विचार गर्ने हो भने निकै पर पुगेको हामीले पाउने गरेका छौँ ।  यसै कारण राजनीतिक दलहरु प्रति  प्रश्नहरु जन्मन थाले ।  दलहरुले अगाडि सार्ने  विचार मुल्य मान्यता र संस्कारले समाज रुपान्तरण गर्ने  हो । राजनीतिक पार्टीहरुलाई उसले बोक्ने विचार मूल्य मान्यता र संस्कारले जिवित राख्छ भन्ने कुरालाई समान्य ख्याल समेत गरेको पाइँदैन । यसै कारण मौजुदा दलहरु माथि मुख्य प्रश्न उठ्न थाले र उठिरहेका छन् ।

के हो राजनीतिक दल ?

राजनीतिक दलको उत्पति समाज विकास क्रममा धेरै पछि मात्र भएको पाइन्छ । सामान्यतया राजनीतिक दल भन्नाले विद्यमान समाजका राजनीतिक सामाजिक र आर्थिक अन्तरविरोधलाई समाधान गर्न जनताद्वारा गठित आफ्नै विचार, मुल्य मान्यता र नेतृत्व बोकेको जनताको राजनीतिक शक्ति नै राजनीतिक दलका रुपमा मानिँदै आएको छ । दल भन्ना साथ जनताका समस्यालाई जनताद्वारा जनताले नै समाधान का लागि गठित हुने समूहलाई बुझाउँछ । 

 यस कारण यी अर्थ र परिभाषाको कसीमा मौजुदा नेपाली राजनीतिक दलहरु खरो उत्रन सकेका छैनन् । उनीहरुका आचारण र संस्कारका हिसावले  स्वभाविक रुपले  लिन मिल्ने खालका छैनन्  ? यसकारण पटक पटक दलहरु प्रति प्रश्न जन्मायो ।

राजनीतिक दलहरुसँग विश्व जगतलाई हेर्ने दार्शनिक दृष्टिकोण, अगाडी बढ्ने  विधि र समाजका अन्तरविरोध समाधान गर्ने सैद्धान्तिक आधारहरु हुन जरुरी छ ।  जुन दृष्टिकोण, विधि  र सैद्धान्तिक विचारमा आधारित राजनीतिक दलहरु भित्र मूल्य मान्यता र संस्कारको विकासको अपेक्षा राख्ने गरिन्छ । 

 जुन मुल्य मान्यता र संस्कारले नै समाज रुपान्तरण गर्ने गर्दछ । यस कारण मौजुदा नेपाली दलहरुमा मूल्य मान्यता र संस्कारको विकास हुन नसक्नु नै दलहरु प्रति  प्रश्नको  मुल जड यसलाई नै मान्ने गरिएको छ । 

तर मौजुदा दल हरु देश र जनता भन्दा पनि निश्चित पुँजीपति र विदेशी दलालहरूका मतियार हुनु नै मौजुदा दलहरु को तेस्रो र महत्त्वपूर्ण संकट निम्त्याई रहेका छन ।  यस कारण पनि अर्काे प्रश्न उठ्ने गरेको छ  राजनीति सेवा  कि व्यापार ? यस कारण यी तमाम आधारहरु ले के स्पष्ट पार्छ भने मौजुदा दलहरु ठुलो संकट पूर्ण  अवस्थामा गुज्रिरहेका छन् भन्ने प्रस्ट हुन्छ । 

 यसैले मुख्यरुपमा मौजुदा दल हरु माथि प्रमुख प्रश्नहरु जन्मायो । यस कारण सरल रुपमा भन्दा राजनीतिक दल भन्नाले स्पष्ट विचार, विधि, पद्धती र नीति बोकी जनताको समस्या समाधानको लागि  संगठित गर्ने कार्यमा दलहरु चुकि रहेका छन् । 

मौजुदा दल माथिको संकट  ?

मौजुदा दलहरु लाइ नजिक बाट नियाल्ने हो भने यसले विभिन्न खालका प्रश्नहरुको विस्फोटन नै  गराउँछ । मौजुदा दलहरु माथिको संकट  बारेमा कुरा गर्दा सबै भन्दा महत्वपूर्ण प्रश्न उठ्छ कि यि राजनीतिक दल सामूहिक संस्था हुन  कि निजी कम्पनि  ? छुट्याउन गाह्राे हुने अवस्था छ । 

राजनीतिक दलहरुका लागि राजनीतिक विचार धारा सबै भन्दा महत्वपूर्ण पाटो हो । त्यो पक्षमा मौजुदा दलहरुको ध्यान गएको छैन ।  दलहरु माथि संकट आउनु को प्रमुख कारण नै यही बन्न पुगेको छ । 

 दलहरुको विचार के ? कुन दार्शनिक धारबाट विश्वमा अभ्यासमा रहेका  राजनीतिक विचार धाराहरु मध्य कुन बिचारधारमा हिँडि रहेको भन्ने कुरामा समेत अन्यौलता रहेको पाइन्छ । 

विश्वका राजनीतिक विचार दुई धारमा विभाजित देखिन्छ । एकले यथार्थ वादी  धारबाट साम्यवादी विचार धाराको कुरा गर्छ भने अर्काले अति भूत वादी धाराबाट लोकतान्त्रिक धारको वकालत गर्दछ । विश्व मुख्यत यिनै दुवै धारामा आधारित राजनीतिक अर्थ प्रणालीको अबलम्बन गरेको पाइन्छ ।

 नेपालको सन्दर्भमा कुरा गर्दा यी दुबै धारका आधारमा  दलहरुलाई हेर्ने हो भने कुन धारमा छन् भनेर  छुट्याउन गाह्रो छ । यस कारण मौजुदा दलहरु माथिको संकटको मुल कारण यही बिन्दुमा छ अर्थात् दलहरु भित्र विचारको अवसान नै हो । 

 दोस्रो र महत्वपूर्ण  कुरा नेतृत्वको हो । मौजुदा दलहरुले कस्तो खालको नेतृत्वको विकास गर्दैछ भन्ने कुराले अर्थ राख्ने गर्दछ ।  नेकपा एमाले भित्र ओलीको विकल्प नहुनु , कांग्रेस भित्र देउवा को विकल्प नहुनु , माओवादी भित्र प्रचण्ड को विकल्प नहुनु (अन्य दलहरु भित्र पनि ) नै मौजुदा दलहरु माथिको दोस्रो ठुलो संकट हो । 

 कुनै पनि राजनितिक दल एक जना व्यक्तिको  निजी कम्पनी जस्तो हुनसक्दैन र हुदैन पनि । तर ब्यवहारमा  निजी र एकल कम्पनीमा परिणत हुँदै गएका छन् । दलहरु भित्र बहस छलफल र निस्कर्ष निकाल्ने परम्पराको अन्त्य भएकाे छ र विस्तारै निर्णय होइन व्यक्तिको सनकका भरमा दिने निर्देशन नै प्रमुख बन्न थालेका छन् ।  यस कारण पनि मौजुदा दलहरु माथि गम्भीर प्रश्न उठिरहेको छ दलहरु सामुहिक संस्था हुन कि निजी र एकल कम्पनी ?

 तेस्रो कुरा कुनै पनि राजनीतिक पार्टीले जनतालाई सचेत गराउदै समाज रुपान्तरणको दिशामा हिँडाउन पहल गर्नु पर्ने हो । जनताका कुरालाई राज्यको तहसम्म पुर्याएर समाधानका लागि पहल लिने खलको दायित्व हाे । 

तर मौजुदा दल हरु देश र जनता भन्दा पनि निश्चित पुँजीपति र विदेशी दलालहरूका मतियार हुनु नै मौजुदा दलहरु को तेस्रो र महत्त्वपूर्ण संकट निम्त्याई रहेका छन ।  यस कारण पनि अर्काे प्रश्न उठ्ने गरेको छ  राजनीति सेवा  कि व्यापार ? यस कारण यी तमाम आधारहरु ले के स्पष्ट पार्छ भने मौजुदा दलहरु ठुलो संकट पूर्ण  अवस्थामा गुज्रिरहेका छन् भन्ने प्रस्ट हुन्छ । 

 यी दलहरु को सबै कुरा माथि विमर्श गरेर निस्कर्ष निकाल्दा एउटा जब जस्त प्रश्नको जन्म हुन्छ यि राजनितिक दल हुन  कि निजी र एकल कम्पनी ?  यो प्रश्न को जवाफ जनताले  अवश्य खोज्नु पर्ने समय आएको छ । यसैले सहज रुपमा  के भन्न सकिन्छ भने आजको मुल समस्या व्यक्तित्वमा भन्दापनि हामिले अंगालेको  राजनीतिक  प्रणालीमा त छैन ?  त्यस कारण वर्तमान  राजनीतिक प्रणाली को विकल्प नै जनता को नयाँ विद्रोहको खाँचोका बारेमा बहस प्रारम्भ थाल्न जरुरी छ ।