सम्पत्ति, समाज र समाजवाद

सम्पत्ति, समाज र समाजवाद

लेखनाथ ढकाल  |  दृष्टिकोण  |  जेठ १३, २०७६

मूल्यकेन्द्रित समाज, जो नियम कानुन र असल परम्पराको अभ्यासद्वारा सञ्चालित हुने गर्छ । यस्तो समाजद्वारा निर्मित राज्य व्यवस्था सभ्य समाजको दिशामा अगाडि बढिरहन्छ । समाज आफै मूल्यकेन्द्रित हुँदैन, समाजका हरेक सदस्य, हरेक परिवार र सबै नागरिक असल अभ्यासको आर्थिक सामाजिक गतिविधिमा मूल्य निर्धारणमा सक्रिय हुने गर्छन् । गैरकानुनी र गैरसामाजिक क्रियाकलापमा लाग्नेहरू दण्डित हुन्छन् । तर, हाम्रो समाज मूल्यकेन्द्रितभन्दा शक्तिकेन्द्रित निजी सम्पत्तिकेन्द्रित चरित्रको रहँदै आएकोे छ । यो चरित्रले समाजवाद उन्मुख अर्थतन्त्रको दिशातिर जाने कुरामा स्वयं सामाजिक आर्थिक परिवेशलाई नै अवरोध त बनेको छैन ? आर्थिक गतिविधि तथा प्रविधिको उपयोग व्यक्ति, परिवार र समाजको सभ्यतालाई प्रभावित पार्ने प्रमुख पक्ष हो । आर्थिक अवस्थाको आधारमा नै समाजलाई विभिन्न चरणमा विभाजन गरिने गरिन्छ । पूँजीवादी समाजभन्दा अझ उपल्लो सभ्यताको समाजलाई समाजवाद भनिएको हो, समाजवादी समाजतर्फको यात्रामा लम्कन कति तयारी छ, कति पूर्वाधार बनाउनु पर्ने हो ? यो सामान्य कुरा भने पक्कै होइन । तथापि त्यतातर्फको यात्रा तय गर्नु पनि ठूलो सफलता मान्नुपर्ने हुन्छ । 

आर्थिक गतिविधि तथा प्रविधिको प्रयोग मानव विकासमा प्रभाव पार्ने मूल तत्व मानिन्छ । प्रत्येक व्यक्ति वा परिवारमा प्रभावी रहेको यो कुरालाई अर्को एउटा तत्वले अझ जटिल बनाएको छ, त्यो हो मानिसको विश्वास । मानिसले थोरै ज्ञानको कारणले कतिपय कुरालाई आँकलन गर्न नसक्दा कुनै काल्पनिक तर्कका आधारमा विश्वास अड्याएर मानिसको विकासक्रम अगाडि आयो । यसलाई धार्मिक विश्वासका रूपमा लिन सकिन्छ । सामन्यतः झट्ट हेर्दा मानिसको व्यवहार, संस्कार र संस्कृति यही धार्मिक विश्वासका आधारमा खडा भएको जस्तो देखिन्छ । तर, आर्थिक गतिविधि र प्रविधिको उपयोगले मानिसको संस्कृतिमा प्रभाव पार्छ । अतः आर्थिक विकास र आर्थिक अवस्थाका हिसावले समाजको विभिन्न चरण वर्गीकरण गरिएको हुन्छ । अर्थशास्त्रीय हिसाबले पशुपालन युग, कृषि युग, औद्योगिक युग आदि विभिन्न चरणमा मानव विकासक्रमलाई विभाजन गरेर अध्ययन गर्न सकिन्छ । मानव सभ्यता र चेतनाको अवस्था पनि आर्थिक चरणसँग सोही अनुसार हुने गर्छ । आदिम समाज, सामन्तवादी समाज, पूँजीवादी समाज, समाजवादी समाज र अझ साम्यवादी समाजको कुरा आर्थिक अवस्था (उत्पादनका स्रोत र साधनको सम्बन्ध साथै सम्पत्तिसम्बन्धी व्यवहार)का हिसावले मात्र नभई मानव सभ्यताका चरणका रूपमा हेर्न सकिन्छ ।

मानिसका लागि बाँच्न नभईनहुने आधारभूत आवश्यकताका वस्तु खाना, कपडा, घर, हावा, पानी, सूर्यको प्रकाश आदि हुन् । हावा, सूर्यको प्रकाश त कसैको अधीनमा राख्न सकेका छैनन् । तर, जमिन, जल, जंगल र त्यसबाट उत्पादन भएका उपभोग्य वस्तुमाथि सबै मानिसको समान पहुँच छैन । समाजमा सम्पत्तिको यो असमान वितरणका कारणले मानव समाज शोषणयुक्त छ, मानिसका बीचमा असमानता छ, वैरभाव छ, समाजिक द्वन्द्व छ ।

हाम्रो देशमा समाजवादी, साम्यवादी र सर्वहारावादी भन्ने राजनीतिक पार्टी छन् । तर, व्यक्तिगत सम्पत्ति कमाउन वैध–अवैध सबै हत्कण्ठा अपनाउने प्रयत्न पनि भइरहेको पाइन्छ । यो विरोधाभाषपूर्ण अवस्था हो । यसले परिणाम दिँदैन । यो कुराको सत्यता विविध घटनाको शुक्ष्म अध्ययनबाट सजिलै बुभ्mन सकिन्छ । कुनै कुराको सत्यता कुनै अमूक विद्वान वा शक्तिको भनाइलाई सत्य मानेर गरिने प्रचलन छ । अझ हाम्रो समाजमा त वैज्ञानिक विचारको विकास हुने गुञ्जायस नै छैन, विभिन्न धार्मिक तर्क र प्रथालाई बढावा दिइएको छ, जसले सामाजिक संस्कारलाई प्रगतिको बाधक बनाइरहेको छ । ज्योतिषी र धामी–झाँक्रीले समाजलाई अन्धविश्वासमा अल्झाइरहेका छन् । समाज न्यून अवस्थाको चेतनामा अल्झिरहेमा शक्ति र पहुँचमा पुगेपछि जे–जे गर्दा पनि हुने भन्ने सोचले समाज सुधारसम्बन्धी त्यति ध्यान दिइने गरेको पाइँदैन ।  

फ्रान्सका विद्वान तथा दार्शनिक अगष्ट कोंटले ‘मानिसको उत्पत्ति भएको हो सृष्टि भएको होइन’ भन्ने विचार अगाडि सारे । उनको विचार जैविक क्रमविकासको डार्विनको सिद्धान्तसँग मेल खान्छ । मानिसको चेतना, जैविक विकास र मानवको इतिहाससम्बन्धी अध्ययन गर्ने विद्वानको समूहमा काल्र्स माक्र्स, अगष्ट कोंट, हर्मन स्पेन्सर आदि सहपाठी रहेका र उनीहरूको सामूहिक अध्ययनका आधारमा नै कार्ल माक्र्सले ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त अगाडि सारेका थिए । मानव समाजलाई प्रभावित पार्ने मूल विषयका रूपमा रहेको कुनै ईश्वरीय शक्तिले समस्त प्रकृतिमाथि शासन गरेको अर्थात् यो सबै प्रकृति ईश्वरको सत्ताबाट सञ्चालित रहेको विश्वास मूलतः स्थापित थियो । ईश्वरको प्रतिनिधि नै मानेर मानव समाजको सत्ता र शक्ति आपूmमा रहेको कुरालाई स्थापित गराएर केही मानिस र समूहले सामाजिक सत्तामा कब्जा जमाएर मानव विकासको इतिहास अगाडि आएको छ । केही विद्वान तथा दार्शनिकहरूले प्रकृतिको सत्यलाई उजागर गर्दा उनीहरूलाई समाजमा स्थापित हुन नदिने, कतिपय विद्वानले मारिनु परेका घटना पनि इतिहासमा रहेका छन् । यो दैविशक्तिमा आधारित विचारको निरन्तरता आजसम्म प्रभावी रूपमा रहेको छ । यो ईश्वरीय सत्ताको सिद्धान्त केही मानिसका खासगरी तत्कालीन समयका ज्योतिषी, पण्डित, पादरी, धर्मगुरु, शंकराचार्य आदिले पुराण तथा पौराणिक कुरालाई सत्य मानेर त्यसै आधारमा समाजलाई गुमराहमा राख्न सकेका छन् । 

प्रकृतिले दिएको जस्ताको तस्तै वा प्रविधि र कलाले परिष्कृत पारिएका उपभोग्य वस्तु मानिसका लागि आवश्यक कुरा हुन् । यी आवश्यक वस्तु वा सेवा मानिसले आफै उत्पादन गरेर वा बजारबाट प्राप्त गर्छ । बजारबाट आपूmलाई चाहिने वस्तु वा सेवा उपभोग गर्न आपूmसँग भएको वस्तुसँग आपूmलाई चाहिने वस्तु साट्नुपर्छ । पहिलेको समयमा वस्तु नै साटासाट गर्ने प्रचलन बजारमा थियो । विकासक्रमसँगै रूपैयाँ–पैसा, सुन, चाँदी, हीराजस्ता धातुको प्रयोगले वस्तु साट्ने बजारको विकास भयो । विकासक्रमको आधुनिक समयमा बैंक चेक, बैंक ट्रान्सफर, बैंक कार्ड हुँदै इलेक्ट्रोनिक पैसाको प्रचलन आएको छ । विज्ञान, प्रविधि र कलाको उच्चतम विकास भएको छ । यो समयमा मानिसको असीमित आवश्यकता पूरा गर्न अधिक पैसा आवश्यक छ, सो आर्जन गर्नका लागि मानिस अधिक सक्रिय रहन्छ र जसरी भए पनि अधिक सम्पत्ति आर्जनका लागि सामाजिक÷असामाजिक जस्तोसुकै हर्कत गर्न मानिस तयार देखिन्छ । मानिसको यही चरित्रलाई हेरेर पहिलेका विद्वानहरूले मानिसको समाजको बारेमा भविश्यवाणी गरेका हुन सक्छन् कि मानिसले पैसाका लागि आप्mनै आमा–बाबुलाई पनि हेला तथा अपमान गर्ने जमाना आउने छ भनेको हुनुपर्छ । मानिसको चाहना पूरा गर्न उपयोग गरिने वस्तु तथा सेवा बजारबाट प्राप्त गर्ने रूपैयाँ–पैसा नभई नहुने भएकाले सम्पत्ति नै मानिसका लागि सबै थोक जस्तो हुन पुग्यो । सम्पत्ति नै शक्तिको स्रोत पनि हुन पुग्यो । तर, यो कृत्रिम अवस्था हो । सम्पत्ति, श्रम, उपभोग्य वस्तु र बजारलाई नयाँ मानवोचित सिद्वान्तका आधारमा परिभाषित गर्न नसकेसम्म मानिसको समाज सुन्दर र शान्त हुन नसक्ने देखिन्छ । 

बृहत् नेपाली शब्दकोश अनुसार सम्पत्ति भनेको ‘कसैको निजी अधिकारमा रहेको धन’ हो । सम्पत्ति मूलतः प्रकृत्तिप्रदत्त स्रोतबाट आर्जित पदार्थहरू र यसका प्रशोधित वस्तुहरू तथा यी वस्तुहरूको मूल्यलाई प्रतिनिधित्व गर्ने उपकरणहरू (अनेक सरल तथा जटिल पक्षहरूसमेत)लाई सम्पत्तिका रूपमा लिइने प्रचलन विकास भयो । सम्पत्तिकोे आधारभूत चरित्र भनेको सामान्यतः बेच्न सकिने, किन्न सकिने, हक हस्तान्तरण गर्न सकिने, प्रचलनमा रहेको रूपैयाँ– पैसाको आधारमा मूल्य निर्धारण गर्न सकिने र रूपैयाँ–पैसामा परिणत गर्न सकिने हो । रूपैयाँ– पैसालाई सबैभन्दा सजिलो रूपमा बजारमा पाइने वस्तु र सेवा किन्न प्रयोग गर्न उपयोग गर्ने सम्पत्तिको रूपमा भन्न सकिन्छ । तत्काल नै सम्पत्तिसम्बन्धी अनेक विद्वानले विविध आयामबाट व्याख्या÷ विश्लेषण गर्दै आए र आजका दिनमा आइपुग्दा सम्पत्ति (उत्पादनका स्रोत र साधन) मानवीय स्रोत, मानिसको बुद्धि, सीप, श्रम समेत कुनै समूह विशेषको नियन्त्रणका विषय बन्न पुगेका छन् । यसबाट हुने र नहुने बीचमा समाज विभाजित छ । मानिसका लागि बाँच्न नभईनहुने आधारभूत आवश्यकताका वस्तु खाना, कपडा, घर, हावा, पानी, सूर्यको प्रकाश आदि हुन् । हावा, सूर्यको प्रकाश त कसैको अधीनमा राख्न सकेका छैनन् । तर, जमिन, जल, जंगल र त्यसबाट उत्पादन भएका उपभोग्य वस्तुमाथि सबै मानिसको समान पहुँच छैन । समाजमा सम्पत्तिको यो असमान वितरणका कारणले मानव समाज शोषणयुक्त छ, मानिसका बीचमा असमानता छ, वैरभाव छ, समाजिक द्वन्द्व छ । मानिसको सभ्यता (संस्कृति पनि भन्न सकिन्छ), यो मूलतः आर्थिक गतिविधि र समाजमा रहेको उत्पादन र वितरण पद्धतिसँग अन्योन्याश्रित हुने गर्छ । 

मानिसको सभ्यता विकास हुँदै प्रकृतिको नवीन, सिर्जनात्मक र विवेकशील प्राणीको रूपमा स्थापित भएपछि मानिस आफै नयाँ खोज अनुसन्धान गर्न सक्षम भयो । प्रकृतिका नियमको भेदसमेत बुभ्mदै सम्पूर्ण प्रकृतिलाई नै बोधगम्यतामा ल्याउने दिशामा सफलता हासिल गर्दै आयो । एकातिर मानिसको चेतना यो तहको उच्चतामा पुगेको छ । मानिसको चेतनाको विकास नै सभ्यताको विकास हो । आनिसका आर्थिक–सामाजिक गतिविधि चेतनाको विकासको स्तर अनुसार नै हुने गर्छन् । समाज विकासको क्रममा समाजवादी चरण भनेको पूँजीवादको विकासपछिको विकसित सभ्यतामा समाजवाद स्थापना हुने हो । अर्थात् समाजवाद भनेको मानिसको सभ्यता, चेतना उच्च रहेको समाजिक परिवेश हो । अर्काेतिर, आर्थिक–सामाजिक अवस्था, उत्पादनका स्रोत र साधनमाथिको सम्बन्ध, सामाजिक संस्कृति आदि कारणले समाजवाद आजसम्म देखिएका समाजिक व्यवस्थामा अब्बल मानिन्छ । तर, यसको समाजवादी अभ्यास व्यवहारमा भने देख्न सकिएको छैन । मानिसको चेतना, संस्कृति र सभ्यता आर्थिक गतिविधिसँग अन्योन्याश्रित रहने गर्छन् अर्थात् सम्पत्तिको वितरण र यसमाथिको पहँुच सामाजिक संरचना निर्माणको आधार मानिन्छ । सम्पत्तिलाई मानिसको सबै योग्यता र शक्तिका रूपमा स्थापित भएको समाजमा समाजवादी व्यवस्था तर्फको यात्रा गर्ने भन्ने कुरा कति विरोधाभाषपूर्ण छ, यो आजको चिन्तनको एउटा सान्दर्भिक विषय रहेको छ । सम्पत्तिको अभिलेख नगर्ने, जसरी भए पनि निजी सम्पत्ति आर्जन गरेपछि समाजमा सम्मानित नै भइरहने आदि कुराले समाजवादी सभ्यतातर्फ जाने कुरा कसरी सम्भव होला ? यस्तो समाजमा त ज्ञान, विज्ञान र नयाँ खोज गर्ने प्रक्रिया नै अवरुद्ध हुने स्थिति रहन्छ । अतः समाजलाई अग्रगामी विकासको बाटोमा लैजान त्यो समाजमा सम्पत्तिसम्बन्धी सिद्धान्त, नीति र सोही अनुसारका कानुनको आवश्यकता हुने रहेछ । 

सबै ठूला राजनीतिक पार्टी आपूmलाई समाजवादी भन्ने गर्छन् । एक प्रकारले हेर्दा पुरानो सामन्तवादी युगको सभ्यता भएको समाज हो कि जस्तो अनुभूति हुन्छ भने पूँजीवादी समाजका कतिपय चरित्र पनि देखा पर्छ । मानिसको चेतना व्यक्तिगत सम्पत्ति जोहो गर्ने र निजी सम्पत्तिप्रतिको आशक्ति बेजोड देखिन्छ । मूलतः आर्थिक प्रचलन, उत्पादन प्रणाली, वितरण प्रणाली, बजार प्रणली, रोजगारीको अवस्था, सामजिक सुरक्षको अवस्था, समाज सुधार तथा श्रम सुधारको पहल आदि विषयलाई हेर्दा हाम्रो समाज धेरै पछाडि नै रहेको स्पष्ट हुन्छ ।

औद्योगिक क्रान्तिले समाजमा धनी र गरिबको स्पष्ट विभाजन ग¥यो । डरलाग्दो सामाजिक द्वन्द्व र असमानतापूर्ण समाजलाई मानवोचित बनाउने विभिन्न विचार अगाडि आए । पूँजीपतिको चरम अत्याचार तथा राज्यसत्तामा उनीहरूको वर्चश्व रहने, उनीहरूका स्वार्थमा कानुन बन्ने र श्रमजीवीहरूमाथि निर्मम शोषण हुने समाज व्यवस्थालाई ‘सामूहिक उत्पादन र आवश्यकताका आधारमा उपभोग’ भन्ने विचारले समाजवादी समाजको स्थापना हुनुपर्ने भन्ने रोवर्ट ओवेन विश्वका समाजवादका पिता मानिन्छन् । श्रमिक वर्गका हातमा नै राज्यसत्ता पूँजीपति वर्गका हातबाट खोसेर लिएपछि मात्र समाजवादी समाज बनाउन समिने भन्ने कार्ल माक्र्सको विचार (कम्युनिस्ट घोषणापत्र, सन् १८४८) पछि विश्वको सामाजिक–राजनीतिक व्यवस्थामा समाजवाद र समाजवादी विचारको उदय भएको हो । पछिल्ला समयमा पूँजीवादी लोकतन्त्र र समाजवादी समाजमा हुनुपर्ने चरित्र पनि त्यसमा राख्ने गरी ‘प्रजातान्त्रिक समाजवाद’ भन्ने सिद्धान्त पनि लोकप्रिय हुँदै आयो । 

    हाम्रो देशको संविधान, २०७२ को मूल लक्षका रूपमा देशलाई सामाजवाद उन्मुख अर्थतन्त्र अपनाउने देशका रूपमा उल्लेख गरिएको छ । प्रायः सबै ठूला राजनीतिक पार्टी आपूmलाई समाजवादी भन्ने गर्छन् । एक प्रकारले हेर्दा पुरानो सामन्तवादी युगको सभ्यता भएको समाज हो कि जस्तो अनुभूति हुन्छ भने पूँजीवादी समाजका कतिपय चरित्र पनि देखा पर्छ । मानिसको चेतना व्यक्तिगत सम्पत्ति जोहो गर्ने र निजी सम्पत्तिप्रतिको आशक्ति बेजोड देखिन्छ । मूलतः आर्थिक प्रचलन, उत्पादन प्रणाली, वितरण प्रणाली, बजार प्रणली, रोजगारीको अवस्था, सामजिक सुरक्षको अवस्था, समाज सुधार तथा श्रम सुधारको पहल आदि विषयलाई हेर्दा हाम्रो समाज धेरै पछाडि नै रहेको स्पष्ट हुन्छ । मूलतः सम्पत्तिसम्बन्धीको अवस्था र समाजवादी सपना बीचमा कति विरोधाभाष कति सध्यता कति प्रगतिशिलता होला ? कुशल सामाजिक विकासका डिजाइनर र सो अनुसारको शासन सञ्चालन हुने हो भने असम्भव त दुनियाँमा के होला र ! सम्पत्ति र समाजवाद आजका सचेत नागरिकको चिन्तनको विषय भने पक्कै रहेको छ । अस्तु ।