काभ्रेको भुम्लुमा फैलियो रेबिज, सिंगो गाउँ नै जोखिममा: ५० भन्दा धेरै पशु चौपायाको मृत्यू

काभ्रेको भुम्लुमा फैलियो रेबिज, सिंगो गाउँ नै जोखिममा:  ५० भन्दा धेरै पशु चौपायाको मृत्यू

रिकेश बिश्वकर्मा(क्षितिज)  |  स्वास्थ्य  |  भदौ २०, २०७९

काभ्रे स्थित  भुम्लु गाउँपालिकामा रेबिजको आतंक फैलिनु कै साथै सिंगो गाउँ नै जोखिममा  परेको छ। झन्डै एक महिनामा ५० भन्दा धेरै पशु चौपायाको निधन भएको गाउँमा स्वास्थ्य कार्यालय काभ्रे, भुम्लु गाउपालिका,  स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखाले फैलिन नदिनको लागि रोकथामको प्रयासहरु भए पनि अहिले सम्म पुर्ण रुपमा नियन्त्रण गर्न सकेको छैन।

स्थानीय दावा लामाले भन्नुहुन्छ-  केही समय अगाडी गाउँमा मरेको भैँसीको मासु खाएका थिए। त्यसैले झन अहिले ती मासु खाने मान्छेहरुको नाम खुल्न नसक्दा झन डर पैदा भएको छ।
भुम्लु गाँउपालिकाको वडा नम्बर १ सापिङ वडाको कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से, खोलमबारीमा एक महिनाको बीचमा ५० भन्दा धेरै पशु चौपाया मरिसकेका छन्’   

भुम्लु बेसीका मान्छेहरुले सापिङको कात्तिके भन्ने ठाउँबाट किनेर  आफ्नो ठाउँ  भुम्लु बेँसीमा लगेको राँगो पनि रेबिजकै कारण मरे पछि वडा नम्वर वडा नम्बर ९१० सापिङ वडा नम्बर (७) फलाटे  र  वडा नम्बर (८) भुम्लुटार रेबिजको संक्रमित क्षेत्र भएको छ ।

भुम्लु गाउँपालिकाको  स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराईमा अनुसार  भैंसीको मासु खाने मध्येका १९ परिवारका ५१ जना सहित २ सय ८९ जनालाई रेबिज विरुद्धको खोप लगाईएको छ । भाद्र १६ गते भुम्लु बेँसीमा मरेको राँगोमा रेबिज पुष्टी भए पछि थप स्थानिय नै त्रसित भएका छन्। 

सापिङ कातिकेका दावा लामाका भन्नुहुन्छ -एक महिनामा हर्क जित तामाङको एउटा भैसी, भक्तबहादुर लामाको एउटा भैसी र शान्ति लामाको एउटा भैसी मरेको छ  र मेरो पनि  घरको कुकुर र राँगोलाई रेबिज लागेको बहुला कुकुरले टोक्यो त्यसपछि  तत्कालै रेबिज विरुद्धको खोप लगाए अहिले सम्म चाहिँ  केहि भएको छैन 

कातिकेमा जफर बहादुर तामाङ र कृष्णबहादुर बम्जनका कुकुर मरेका छन् भने त्यहा गाई, भैसी, बाख्रा पनि मरेका छन् । 

स्थानीय रामचन्द्र गिरी भन्छन् - आरन गाउँ, भारती गाउँ, गैरा टोलमा रेबिजबाट धेरै पशुपक्षी मरेका छन् । सविन गिरीको एउटा गाई मरेको छ भने हरि गिरीको पनि एउटा गाई मरेको छ । खुसल आरन गिरीको पनि गाई मरेको छ । 

गाउँभरी कुकुरले पशुपक्षी टोक्ने, पशुलाई राखेको पानीमा र्‍याल चुहाउने गरेको स्थानीयले देखेका थिए ।

भारती गाउँ र आरन गाउँका स्थानीयहरुले कुकुरलाई नियन्त्रणमा लिएर मारेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईँले पशुहरुको शंकास्पद मृत्यु हुन थालेपछि परीक्षणसँगै रोकथाम शुरु गरिएको बताउनु भयो । ‘ रेबिजको पहिचान, परिक्षण र रोकथाम शुरु गरिएको छ’–डा. सेढाईले भन्नुभयो–‘भुम्लुमा रेबिज को आतंक फैलिएको छ, समयमै जनचेतनाका साथ नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनु आवश्यक छ ।’