लिसंखुपाखर जनप्रतिनिधिहरु मस्त निन्द्रामा: बिरामीको बाटो मर्मत नहुँदा ज्यान जोखिममा

लिसंखुपाखर जनप्रतिनिधिहरु मस्त निन्द्रामा: बिरामीको बाटो मर्मत नहुँदा ज्यान जोखिममा

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाज  |  भदौ २१, २०७९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको लिस‌ंखु पाखर गाउँपालिका वडा नम्बर १ ठूलो धादिङको साबिक वडा ६ मा लामो समयदेखि बाटो मर्मत नहुँदा स्थानीय बासीहरूले सास्ती खेप्न बाध्य भइरहेका छन् । 

स्थानीय  सागर तमाङको अनुसार सोमबार ठुलो धादिङ १ खानि धादिङ टोल निवासी ८४ बर्षको  कुङ्गा लामालाई स्वास्थमा समस्या आइ  एकदमै गाह्रो भएपछि उहाँ सहित  स्थानीयहरुले  खाँडिचौर अस्पतालमा लैजानका लागि घरदेखि ३०/४० मिनेट बोकेर एम्बुलेन्स भएको ठाउँ सम्म पुर्‍याए ।  तर एम्बुलेन्स भएको ठाउँमा पनि बाटोको कारण घण्टौँ देखि फसिरहेको थियो । 

 एम्बुलेन्स फसेपछि बिरामी बोकेर लगेका सागर तामाङ सहित टोलीले सडकमा १ घण्टा जति हिलो, ढुङ्गा पन्छाएर त्यहाँबाट एम्बुलेन्स हस्पिटल तर्फ पठाएका थिए । सागर तामाङ  भन्छन् -'हिजोको दिनमा तिनै बृद्ध बा आमाले भोट दिएर आज त्यहाँ सम्म पुगे तर आज त्यही बा आमा एउटा सडकको  मर्मत नहुदा बोक्न पर्ने र एम्बुलेन्स बीचमै फसेर बिरामीको ज्यान जोखिममा परिरहँदा जन प्रतिनिधिहरुले  वास्ता  गरिरहेका छैनन् । के  जन प्रतिनिधिहरु हिजोको दिनमा जनतालाई के भनेर भोट मागेको थिए र आज के भयो समेत भइ रहेको छ । उनीहरुलाई लाज लाग्नु पर्ने हो ' । 

तामाङ भन्नु हुन्छ - आफ्नो गाउँमा कोही बिरामी पर्दा सडक मर्मत नहुदा ज्यान नै जोखिममा परि रहेको र साथै पालिका र वडाले पनि लामो समयदेखि ध्यान नदिएका कारण आज एम्बुलेन्स जान सक्ने सडक समेत नभएको र एम्बुलेन्स जाने ठाउँमा पनि मर्मत नभए घन्टौं सम्म त्यही फसेर सिकिस्त बिरामीको त ज्यान समेत जानसक्ने अवस्था छ । साथै उहाँले हिजो भोट माग्दा के भनेको थिए जनताहरूलाई  त्यो सम्झनुस् भन्दै बाटो मर्मत गर्नको लागि वडा र स्थानिय तहलाई तत्काल ध्यानाकर्षण गराउँछु ।