प्रिन्सिपलले होमवर्क नगरेको भन्दै आफ्नै विद्यार्थी जेम्स वाइबालाई निर्घात कुटपिट !

प्रिन्सिपलले होमवर्क नगरेको भन्दै आफ्नै विद्यार्थी जेम्स वाइबालाई निर्घात कुटपिट !

रिकेश बिश्वकर्मा(क्षितिज)  |  शिक्षा  |  भदौ २१, २०७९

 महोत्तरी ।  मधेस प्रदेश अन्तर्गत महोत्तरी  जिल्लाको बर्दिबास न.पा. वडा नं ४ मा संचालित प्राइभेट स्कुल समृद्ध पाठशालाको प्रिन्सिपलले होमवर्क नगरेको भन्दै आफ्नै विद्यार्थी जेम्स वाइबालाई निर्घात कुटपिट गरी घाइते तुल्याएका छन् । 

 स्थानीय कमला वाइबाका अनुसार समृद्ध पाठशालाको प्रिन्सिपलले गृहकार्य नगरेको भन्दै कुखुरा बनाएर पैताला र शरिर भरी निलडाम हुने गरि अपराधीलाई भन्दा पनि बढि गरेर कुटेको बताउँछिन्।
साथै उनले आफ्नो फेसबुकमा पनि तस्विर सार्वजनिक गर्दै यस्तो प्रिन्सिपललाई के कार्वाही गर्दा ठिक होला ? भनी पोस्न  समेत गरेकी छिन्। 

उनले बिद्यार्थीलाई यसरी कुटपिट गर्न पाइदैन साथै सम्बन्धित निकायको ध्यानाकर्षणको लागि आग्रह गरेको छिन।