काभ्रेको भुम्लुस्थित मूलखर्कमा निर्माणाधिन गणेश मन्दिरको बजेटमा उपभोक्ता सीमितको रजाइँ

काभ्रेको भुम्लुस्थित मूलखर्कमा निर्माणाधिन गणेश मन्दिरको बजेटमा उपभोक्ता सीमितको रजाइँ

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  भदौ २२, २०७९

काभ्रे । कमाउनकै लागि राजनीति गर्ने अनि आफ्नै आसेपासेलाई जस-जसले चुनावमा सहयोग गरेको छन। बिभिन्न बहानामा उसैलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने अनि मिलाइ मिलाइ घुमाइ घुमाइ सोझा जनताको आँखा मा छारो हाली बाहिर जति जनता कराए चिच्याए पनि कानमा तेल हाली बस्ने, मह काड्ने निउँमा काडेर राखेको भाडो नै रित्याएर खाने कुरा गाउँ गाउँमा मौलाउन थालेको छ । 

गाउँघरमा  समाजसेवी हुँ भन्दै बिकासका नाममा आफ्नो पेट भर्नेहरूको  बाहुल्यता गाउँगाउँमा बढ्दो छ । काभ्रेपलाञ्चोक स्थित भुम्लु गाउँपालिका वडा नम्वर १ सापिङको मूलखर्क  भिमसेन थान मन्दिर नजिक रहको गणेश मन्दिरको निमार्ण कार्य विगत २ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । हरेक दिन जसो स्थानीय बासी जम्मा भएर भन्ने गरेका छन् ' खोइ ! भगवान पनि कता जानुभएछ। पहिला पहिला त कुनै नराम्रो काम गर्यो भने फलानो मन्दिर समातेर किरिया हाल भन्थे रे ! ओहो ! देवता समातेर किरिया हाल्नु भन्दा यथार्थ बताउँछु भन्थे रे !  देवताको त्यही डरले सत्य बोक्थे रे !'

स्थानीय बासी आफैं सवाल जवाफ गरिरहेका हुन्छन्- भगवानले पाप देखाउने हुन भने त बिगत २ बर्षदेखि पहिले नै गाउँपालिकाले प्राकृतिक रुपमा रहि रहेको सिला मन्दिर आधुनिक मन्दिर बनाउने भन्दै पालिकाको जेसिबी लगाएर फाउण्डेसन खन्ने भन्दै गणेशको प्राकृतिक रुपमा रहिरहेको शिला हटाएर नजिकैको सल्लाको फेदमा असरल्ल तरिकाले  शिलालाई छरपस्ट पारेर राखिएको छ  त्यस्ता  गिरोहलाई कति पाप लागिसक्नु पर्ने खोइ भगवान कहाँ निदाउनु भयो थाहा छैन्।'

यसरी स्थानीय जनताले भने एकाएक हिसाबकिताब राखिरहेको दावी गर्ने गरेका छन्। यस बिषयमा यतिबेला न त उपभोक्ता समिति बोल्न चाहान्छ  न पालिका नै बोल्न चाहान्छ। पालिकाको बजेट ३० लाखमा सुरुमा दुई तले मन्दिर वनाउन भन्दै पालिकाको पुरानो अध्यक्षले गणेश मन्दिर निमार्ण गर्ने घोषणा गरेका थिए । पछि फेरि दुई तले नबनाउने भन्दै पालिकाका त्यतिबेला रहेका  प्राविधिक लगाएर भुम्लु गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुँवरले  एक तले मन्दिरको नक्सा बनाएर गणेश मन्दिर निर्माण गर्न उपभोक्ता समिति गठन गर्न लगाएका  थिए ।

उपभोक्ता समिति गठन गरेपनि समितिले आफैले काम गर्न नसक्ने भनेपछि पालिकाका त्यति बेलाका अध्यक्ष कुँवरले भक्तपुर निवासी नवीन प्रजापति एक निर्माण व्यवसायीलाई ३० लाखमा गणेश मन्दिर निर्माण गर्न पालिकामा बोलाएर  जिम्मा दिएका थिए ।

 निर्माण जिम्मा पाएपछि मन्दिरको फाउण्डेसन लगायतको काम सुरु भई सकेपछि पुन बजेट नपुग्ने भो भन्दै पालिका अध्यक्षले १० लाख थप गरिदिएका थिए भने यस वीचमा उपभोक्ता समितिले मन्दिर निर्माणको लागि भन्दै २० लाख भन्दा बढि कुनै भेला नगरि पैसा दिई सकेको स्थानीयहरु बताउँछन। पुनः निर्माण कार्यलाई बजेट नभएको भन्दै  बीचैमा अलपत्र पारेर उक्त निर्माण व्यवसायी हिँडेका छन भने उपभोक्ता समितिका अध्यक्ष रेशम लामासँग बुझ्दा सबै पालिकालाई थाहा छ भनेर टार्ने गरेका छन् । तत्कालिन समयमा पालिकाले टेण्डर मार्फत गर्नु पर्ने काम उपभोक्ता समितिलाई कामको जिम्मा दिएको जानकारहरु बताउने गर्छन ।

उपभोक्ता समितिले पनि सुरमै काम नगरि समय सकिन्न लागेपछि काम सुरु गर्दा पालिकाले बजेट सबै काम सकेको भन्दै खातामा ल्याएर पछि काम गर्नु भन्दै जिम्मा समेत दिएकोमा  स्थानीयले त्यसवेला नै बिरोध जनाएका जानकारी दिएका छन ।

भिमसेन थान मन्दिरको भौतिक पुर्वाधार विकास तथा निर्माणको लागि प्रदेश,संघ, पालिकाबाट गरेर  ८० लाख बजेट विनियोजन भएकोमा  ५० लाख बजेटबाट  पिकनिक स्थल र शौचालय निर्माण गरेपनि हाल सम्म उपयोगमा ल्याउन  सकेको छैन भने निर्माणको क्रममा विवादित भई त्यसबेलाका पालिका उपाध्यक्ष कल्पना श्रेष्ठ को नेतृत्वमा सार्वजनिक सुनवाई भयपछि मात्र रकम निकासमा भएको थियो। हाल पिकनिक स्थल हावाहुरीले रुख ढल्दा भत्किसकेको छ  भने बनेका ट्रसहरु पनि गुणस्तरीय नभएको स्थानीयहरुको  आरोप छ ।

गणेश मन्दिर निर्माणमा ढिलाई हुनु आलटाल हुनुमा त्यती बेलाका पालिका अध्यक्ष गुमान ध्वज कुँवर नै बढि जिम्मेवार रहेको कुरा स्थानीयहरु बताउँछन् किनभने मन्दिर निमार्ण सुरु गर्दा १ वर्षमा सकेर गणेशको शिला नया मन्दिरमा राख्ने जनमानसमा उदघोष गरेका  थिए ।

आफैले निर्माण व्यवसायीलाई पैसा थप्दै जाने र काम गर्नलाई ताकेता नगर्नु जनगुनासो गर्दा उल्टै थर्काउनु हप्काउनु  जस्ता कार्यले पनि मन्दिर समयमै बन्न नसकेको स्थानीय बताउने गर्छन ।

उता स्थानीयहरुले भने पहिला दुई तले ३० लाखमा बनाउने भन्ने र पछि एक तले मन्दिर बनाउन पनि ३० लाख माथि आफुखुसी १० लाख रुपियाँ थप्नु, बिना भेला नै उपभोक्ता समितिहरुले २० लाख रुपैयाँँ निमार्णमा ब्यवसायी दिनु  यी सबै बजेटमा दुरुपयोग गरी कमिसन खान खोजेको आरोप लगाएका छन्।

उता उपभोक्ता समितिको अध्यक्ष रेशम लामा भन्छन्- 'अध्यक्षले पर्यटन पुर्वाधार मन्त्रालयमा पहल गरि ८० रकम लाख पार्नुभयो । रकम पारि सकेपछि हामीले ५० लाखमा २ वटा ट्रस र १ वटा पक्की ट्वाइलेट स्थानीयहरु नै लगाएर बनायौं । बाँकी ३० लाख चाहिँ गणेशको मन्दिर निर्माण गर्ने भनेर सरसल्लाह भयो । पालिका अध्यक्षले नि राम्रो शैलीमा बनाउ पछि पुरातत्वले हेर्छन् । नपुगेको पैसा म पालिकाबाट हालौँला भनेपछि गाउँपालिकाको प्राविधिकले मन्दिरको नक्सा स्टिमेट सबै गरेर ४८ लाख लाग्छ भनी नक्सा निकालेका हुन् ।' 

अध्यक्ष लामाको स्पष्टिकरण छ-' हामीसँग ३० लाख मात्र थियो । त्यसपछि हामिले  काम चाँही उपभोक्ताबाट गराउने तर काम गर्ने कालिगड चाहिँ भक्तपुरबाट ल्याउने कुरा भयो। भक्तपुरको नवीन प्रजापतिसँग भेटघाट गरि काममा बोलाइयो र सुरुवात गरियो ।पैसा ३० लाख मात्र भएको कारणले हामी नवीन प्रजापति कै टिमको इन्जिनियरसँग कुरा गर्दा स्टिमेट नक्सा चेन्ज गरेर ४० लाखसम्म सकाउन सकिन्छ भनेपछि बोलाएर काम सुरु गराइयो। त्यसपछि काम गर्दै गर्दा हामीले २० लाख नवीनलाई बुझायौँ । तर त्यही समयमा  लकडाउन हुन थाल्यो  र बीच बीचमा काम गरे तर लकडाउनले काम रोकियो। र, उनीहरुले पनि काम गर्न  आएनन् । कोरोनाले गर्दा  नविनले हामीसँग बाट २० लाख रकम लगि सकेका छन् । हाम्रो खातामा १० लाख रकम छ। अहिले काम  ३२/ ३५ लाखको  भैसकेको छ।'  

लामाका अनुसार  अब ३९ लाखमा सकिन्छ होला। गाउँपालिकाले बाँकी बजेटको बिनियोजन गर्छ गर्दैन मलाई कहाँबाट ल्याएर दिनुहुन्छ थाहा छैन तर काम गर्ने मान्छेले  हाम्रो त्यससम्बन्धी सबै डकुमेन्ट अहिलेको पालिका प्रमुखलाई पेस पेस गरि सकेको छ  । 

पहिला गाउँपालिकाले छुट्याएको १० लाख पालिका मै थियो अहिलेका पालिका  प्रमुख  प्रेम बहादुर भुजेलले  प्राविधिकलाई मूल्याङ्कन गराउँछु अनि ४० लाख लाग्छ कि लाग्दैन गरौंला भन्नू भएको छ। अब म दशै अगाडि काम सक्छु जसरी पनि । उपभोक्ता समितिका अध्यक्ष रेशम लामाले कहिले ३२ लाखमा खर्च भयो भन्नू कहिले ३५ लाख भन्नू, कोरोनाको  बहाना देखाउँदै काम नभएको भन्नु, ४० लाखको स्टमेटको काम आफै ३९ लाखमा सकिन्छ होला भन्नू , समितिको खातामा १० लाख छ भन्नु भेला गरी हरहिसाब नदेखाउनु, खुलेर बोल्न नचाहनुलाई स्थानीयहरूले बजेट घोटालाको रुपमा लिएका छन् । 

नत्र एक बर्ष पनि नलाग्ने मन्दिर किन एका एक २/३ बर्ष लाग्यो भनी आक्रोश ब्यक्त गरेका छन्। साथै त्यहा बनेको २ ट्रस र १ ट्वाइलेट राम्रोसँग नबनेको स्थानीयहरुको गुनासो छ २ ट्रस र १ ट्वाइलेटलाई कसरी ५० लाख सकियो भनि प्रश्न गरिरहेका छन् । 

हाल स्थानीय सरकारमा नयाँ नेतृत्व प्रेम बहादुर भुजेलको  त आयो तर यो त अहिलेसम्म न काम नै सुचारु भइरहेको छ न  छानबिन नै ।  यस मन्दिरको निर्माण कार्य र ढिलाइ को विषयमा कुनै चासो राखेको नपाउनुले सबैमा चिन्ता छाएको छ भने अझै मन्दिर कहिल्यै बन्ने टुंगो नभयको स्थानीयले गुनासो गरेका छन।

मन्दिर बिगत २ बर्ष बढी हुन लाग्दा पनि सबै झार लेउ पलाएर जिर्ण अवस्थामा पुगिसकेको स्थानीयहरु बताउँछन्। अहिलेका नव निर्वाचित वडा अध्यक्षलाई यसबारे सोध्दा आफू नया भएकोले पुर्ण रुपमा नबुझेको र थाहा नभएको जानकारी दिनुभयो भने पालिकामा पटक पटक फोन गर्दा पनि उठ्दैन अहिले पनि उठ्दैन।

मन्दिरको नाममा बजेट बिनियोजन गरि पेट पुजा गर्न खोज्नु यो सरासर गलत भएको स्थानीयको गुनासो रहँदै आएको छ । मन्दिर जस्तो पवित्र स्थलमा बिकास निर्माण कार्यमा घोटाला हुन्छ भने अरुमा के बाँकी रहला र ? त्यसैले जसले मठ मन्दिर बिकास निर्माणको बहानामा भ्रष्टाचार गर्छ सोझा जनताको आँखामा छारो हाल्ने काम बन्द गर्न स्थनीय बासिन्दाले माग  समेत गरिरहेका छन् ।