सर्वेन्द्र खनालजी ! सागरसहित ५ जनाको जीवन बरबादी प्रति सेवापरान्त पनि माफी माग्नुहुन्न ?

सर्वेन्द्र खनालजी ! सागरसहित ५ जनाको जीवन बरबादी प्रति सेवापरान्त पनि माफी माग्नुहुन्न ?

ऋतु आशिक  |  खेलकुद  |  भदौ २३, २०७९

 'मैले कुनै गल्ती गरेको छैन । त्यसैले ढुक्क छु । ढिलो चाँडो न्याय पाउने छु । यो केसले मेरो खेल जीवन मात्रै होइन, नीजि जीवन समेत भताभुङ्ग भएको छ । यतिबेला आफूलाई नाङ्गै पारेर बजार बीचमा उभ्याइएको जस्तो महसुस भइरहेको छ । ... मैले उसलाई भनेको छु, यदि मेरो म्याच फिक्सिङ पुष्टि भयो भने म मर्छु, पुष्टि भएन भने म पनि चूप लागेर बस्दिन ।'– तत्कालीन फुटबल कप्तान सागर थापा

तत्कालीन एस.एस.पी. सर्वेन्द्र खनालको नेतृत्वमा २०१५ अक्टुबर १४ मा म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापा सहित ५ जना पक्राउ परेका थिए ।तत्कालीन फुटबल कप्तान सागर थापालाई आफुलाई लागेकाे अभियोगको बारेमा सार्वजनिक रुपमा जवाफ  दिंदै भनेका थिए । उनले भने जस्तै २०१८ जुन ७ सर्वोच्च अदालतले सागर थापा सहित ५ जनालाई निर्दोष समेत ठहराएको थियो ।

संसारका विभिन्न भेगमा प्रहरीले राष्ट्रको निम्ति आफूलाई समर्पित गरेका छन् । तिनीहरू जहिले पनि देश/जनता प्रति जिम्मेवारी सय प्रतिशत नै हुन्छ। नेपालमा पनि केही वर्षदेखि प्रहरीमा पनि त्यस किसिमका जिम्मेवार अफिसरले आफ्नो मुलुकमा स्थान बनाउँदै आएका पनि छन् । प्रहरी संगठनमा सर्वेन्द्र खनाल उनी यस्तो पात्र थिए । इमान्दार प्रहरीहरू ‘सर्वेन्द्र खनाल’ भन्ने गर्दथे ।  सर्वेन्द्र खनालहरू यी पङ्क्ति लेखुन्जेलका लागि नेपाली जनता उनी प्रति नतमस्तक उच्च सम्मान नै थियो  । सर्वेन्द्र खनाल पनि आम नेपाली माझका मान्छे  नै हुन उनबाट पनि  काग ताली किसिमबाट गल्ती हुँदै हुन्न भन्न पनि होइन । 

तत्कालीन फुटबल कप्तान सागर थापाले यसो भनेका थिए–'पैसा आएको छ भने प्रमाण देखाउनु पर्‍यो भनेर मात्रै भएन । अन्जन के.सी. पहिले मेरो टिम मेट थियो । उसले फुटबल छोडेको ५ वर्ष जति भयो । प्रहरीले भनेको ट्रान्जेक्सन पिरियड र म्याचको तालमेल नै मिलेको छैन । अन्जन के.सी.को २७ हजार, १ लाख २५ हजारमा ट्रान्जेक्सन भएको भनिएको छ । के यति पैसामा म्याच फिक्सिङ हुन्छ ? अरु ट्रान्जेक्सन खोइ ? प्रहरीले भनेको जस्तो एउटै म्याचको पाँच हजार डलर लिएको हो भने हामीले त्यो पैसा कहाँ खर्च गर्‍यौ त ? त्यो पनि त खोजी हुनु पर्‍यो ?'

तत्कालीन एस.एस.पी. सर्वेन्द्र खनाललाई एक प्रश्न ?

तपाईं प्रति मैले बनाएको धारणा अभिव्यक्ति गरे, तपाईंसँग मेरो २/३ चोटी भेट भएको छ । तपाईंको इमानदारितामा प्रश्न उठाउने  खाशै ठाउँ छैन । त्यसतर्फ मेरो इंगित पनि छैन । तर तत्कालीन फुटबल कप्तान सागर थापाका भनाइहरू आफैमा आ धारिला छन् ।  यस किसिमको अभिव्यक्ति तथा आफू माथि फसाइएको कुरा गरेका छन् । त्यस बेला उनको खेल जीवन माथि निकै ठूलो कलङ्क लागेको छ, कलङ्कमात्र होइन खेल जीवनमाथि  खेलबाड नै गरियो । बारम्बार भनिरहेका छन् मेरो अपराध पुष्टि गर्नु पर्‍यो । हो साँच्चै नै उनको अपराध पुष्टि गर्नुपर्‍यो । सार्वजनिक रूपमा उनी निर्दोष भएको घोषणा गर्न ढिलाइ गर्नु भएन । उनीको बोलाइमा सत्यता देखिन्छ । राष्ट्रको लागि उनले गरेको योगदान अतुलनीय छ । राष्ट्रलाई समय–समय उचालेका छन् । ती उचाल्दा उनका काँधमा अझै खाटा बसेको छैन होला ? एउटा निर्दोष मान्छे यस किसिमको मानसिकताबाट गुज्रिनु हुन्न । युद्धस्तरमा उनी अपराधी भए अपराधीको तथ्य देशवासीले थाहा पाउनु पर्‍यो ? तपाईं एउटा इमान्दार निष्ठा भएको प्रहरी हो कुनै षडयन्त्रद्वारा तपाई प्रति यस किसिमको व्यवहार भयो भने के गर्नुहुन्छ ? 

फुटबल कप्तान सागर थापालाई जे जस्तो किसिमबाट मानसिक यातना दिइयो । प्रहरीद्वारा गरिएको खेदजनक व्यवहारको लागि सरकारले माफी माग्नुपर्छ । सागर थापाप्रति प्रहरीले गरेको व्यवहारका लागि क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ । 

इतिहासका कालखण्डमा भीमसेन थापाले आत्महत्या गरेका छन् । तत्कालीन सेनाको पुनर्गठन तथा राज्य संरचनामा उनको देनलाई कसैले पनि नकार्न सक्दैन । तपाईंको पनि यस बेलाको नेपाल प्रहरीको मनोबल उठाउनका लागि तपाईं जस्तालाई किनारा लगाएर प्रहरीको अनुशासन दृढ हुन सक्दैनथ्यो । त्यस्तै किसिमबाट तत्कालीन फुटबल कप्तान सागर थापाले नेपालको फुटबल इतिहासमा आफूलाई स्थापित गरेकै थिए ।  उनको पनि देन राष्ट्रलाई त्यतिकै मात्रामा थियो । विषय फरक हुन सक्छ । सागर थापा निश्चय नै त्यस किसिमको अपराधमा सामेल भएको भए उनको हैसियत रवाफ/धाक निकै माथि हुन्थ्यो फूर्ति बढ्थ्यो । उनी आरोप लागेको दिनदेखि उनको जीवन शैलीमा कुनै किसिमको परिवर्तन आएको कुनै पनि अनुसन्धानले देखाएको छैन । 

तत्कालीन एस.पी. सर्वेन्द्र खनाल जी ! प्रहरी प्रशासनमा तपाईं जस्ता होनहार व्यक्तिको निश्चय नै खाँचो थियो र छ  । तपाईंबाट पनि गल्ती हुँदै हुँदैन भन्ने पनि होइन  । तपाईंमा कमी कमजोरी छैन भन्ने पक्षमा म छैन र थिइन । मान्छे भनेको गल्ती र कमजोरी सहित भएको नै मान्छे हुने हो । मैले जे गरे गरे भन्ने किसिमको जिद्दी तथा मनोग्रन्थि नपाल्नु नै महानता हाे ।  आफूबाट जानी वा नजानी भएका गल्ती छन् भने मबाट यसकारण गल्ती भएको कुरा सेवामा रहँदा वा नरहँदा स्विकार गरेर  सार्वजनिक गर्नु महानता हुन्छ । आफूबाट भएको गल्तीका लागि सार्वजनिक रूपमा माफी माग्नु उपयुक्त हुन्छ होइन र ? यी सबै गर्न वा  तत्कालीन फुटबल कप्तान सागर थापा राष्ट्रघाती/देशद्रोही हो भन्ने कुरा प्रमाणित गर्ने कुरामा तपाईँ चुक्नु भयो होइन र ?

सार्वजनिक रूपमा सागर थापा र उनको परिवार कुन मानसिक स्थितिमा गुज्रनु पर्‍यो होला यता पट्टि तपाईंको ध्यान कहिले पुगेको छ ? यस किसिमको मानसिकता तपाईं र तपाईंको परिवारको बेहोर्नु पर्‍यो भने के गर्नु हुन्छ ? त्यसतर्फ अलिकता पनि सोच्नु भएको छ ? 

तत्कालीन  एस.पी. सर्वेन्द्र खनाल जी ! के कुरामा म ढुक्क छु भने सागर थापालाई अपराधी घोषित गर्ने तपाईंसँग कुनै आधार थिएनन् । यदि भएको भए यतिका दिनसम्म ती कारबाहीको दायरमा  आइसकेका हुन्थे  नै ।  एउटा निरपराध राष्ट्र प्रति अगाधता दर्शाउने व्यक्तिलाई संसारभरि प्रहरीको नाताले उसलाई देश द्रोहीको बिल्ला भिराउनुको औचित्य देखियो र ?  सागर थापा र उसको परिवारको आँसुले तपाईं भिजाएन र ?  मेरो विचारमा आत्मालोचना गरेर अगाडि बढ्ने मान्छे त्यो सधैँ जनताको प्रिय हुन्छ । देशको प्रिय हुन्छ । काम गर्दा गल्ती हुन्छन् । सेवा परान्त पनि  भवितव्यमा भएका गल्ती क्षम्य हुन सक्छ ? 

तत्कालीन फुटबल कप्तान सागर थापालाई क्षतिपूर्ति दे 

सरकार ! राष्ट्रप्रति सम्वेदनशील भएर राष्ट्रको नाम उँचो राख्ने मनसाय बोकेर जसले आफ्नो सवै समय फुटबलको लागि गरो । ती व्यक्ति अहिले मानसिक तनावबाट गुज्रिरहेका छन् । आफूमा अलिकता पनि अपराध बोधको क्लेश सागर थापामा छैन । मैले अपराध गरेको हो भने पुष्टि गर्नुपर्‍यो भनी हुङ्कार गरिरहेका छन् । त्यति मात्र भनेका छैनन् यदि म अपराधी भएको पुष्टि भयो भने म बाँच्दिन समेत भन्न बाध्य बनाइयो । उनी सहित ५ जनालाई  सर्वोच्च अदालतले निर्दोष ठहर समेत गरि सकेको छ ।

 जीवनका महत्वपूर्ण समयहरू उनले नेपालको खेलकुद जगत विशेषत फुटबलको उन्नतिमा लगानी गरे । उसले दायाँ बायाँ नगरिकन एक तनमनले फुटबललाई उचाइमा पुर्‍याउने र खेल जगतबाट नेपाललाई चिनाउने सपना पालेको थिए । उनले भनेका थिए उनकै शब्दमा '... फुटबल बाहेक जीवनमा अरु केही थिएन । अहिलेसम्म राष्ट्रिय टोलीबाट निरन्तर ८८ वटा म्याच खेले । कुनै म्यादमा मैदान छोडेर निस्किन । कुनै म्याचमा ड्रप भइन । कहिल्यै घाइते भइन । हरेक म्याचमा १०० प्रतिशत दिने प्रयास गरे । तर मेरो यतिका वर्षसम्मको योगदान पानीको फोहोरा जसरी फुटेको छ । अहिले आएर के मन दुखाउनु । म भित्र कस्तो छटपटी छ भन्ने शब्दमा वर्णन गर्न सक्दिन ।'

तत्कालीन फुटबल कप्तान सागर थापाको योगदान निश्चय नै पनि कम आँक्नु भनेको थापा मात्र समग्र खेल जगतको अपमान पनि हो ।  अन्य देशको तर्फबाट खेल्न चाहेको भए आयआर्जनलाई उनले बढी महत्व दिएको भए यसबेला उनी कतै विदेशमा सम्भ्रान्त जीवन बाँच्न सक्थे । उसका आफ्ना सबै अवसरलाई पन्छाएर राष्ट्रको खेलकुद जगत्लाई नेतृत्व दिने महान् अभियानमा लागेका मानिस  थिए सागर थापा । नेपालको फुटबल इतिहासको जगको श्रृङ्खला सागर थापाबाटै सुरु भएको मान्नेहरु काे पनि कमि छैन । 

यी पङ्क्ति लेखुन्जेलसम्म कप्तान सागर थापा माथि प्रहरीले लगाएको आरोप प्रहरीले प्रमाणित गर्न सकेको छैन । पश्चिमा देशमा भएको भए यस बेलासम्म प्रमाणित गर्न नसकेकामा करोडौँ रकम क्षतिपूर्ति दिनुपर्ने हुन्थ्यो ? प्रहरीले कसैलाई कसुरदार ठहराउँदै मा कोही कसुर दारमा दर्जनौ । त्यसका लागि प्रमाणित गरेर देखाउनु पर्छ । प्रमाणित गरेर देखाइँदैन तथा प्रमाणित नगर्नुको अर्थ सागर थापाको जीवन माथि नै खेलवाड गर्नु हो । यस किसिमबाट निरपराध व्यक्तिको जीवनसँग कुनै वहालवाला प्रहरी जति सुकै ठूलो ओहोदामा किन नहोस् उसलाई त्यस किसिमको मनपरी गर्ने छुट हुँदैन । 

यस किसिमको अहम् प्रर्दशन गर्न नपाइने आचार संहिता पनि आफ्ना कर्मचारीको लागि पनि निर्माण गरोस् । यस किसिमका आचार संहिता व्यवहारिक रूपमा पनि लागु गरोस् । फुटबल कप्तान सागर थापालाई जे जस्तो किसिमबाट मानसिक यातना दिइयो । प्रहरीद्वारा गरिएको खेदजनक व्यवहारको लागि सरकारले माफी माग्नुपर्छ । सागर थापाप्रति प्रहरीले गरेको व्यवहारका लागि क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ । 

आम पत्रकारहरूको भूमिका 

यी पङ्क्ति लेखुन्जेलसम्म प्रहरी हुँदै सरकारका तर्फबाट तत्कालीन फुटबल कप्तान सागर थापालाई म्यान फिक्सिङ गरेको आरोप प्रमाणित गर्न सकेको छैन । प्रहरीद्वारा आरोप लगाएको भरमा कसैप्रति देशद्रोहीको आरोप लगाएर मानमर्दन  गर्नु निश्चय नै निन्दनीय छ । प्रहरीले आरोप लगाएर मात्र हुँदैन त्यसलाई प्रमाणित पनि गरेर देखाउन सक्नु पर्छ । यदि प्रमाणित गर्न सक्दैनन् भने ती जिम्मेवारी प्रहरीलाई कारवाही किन नगर्ने ? एउटा जिम्मेवार अफिसरले यस किसिमको हरकत गर्नु निश्चय नै निन्दनीय कार्य  नै हो । 

 फुटबलका तत्कालीन कप्तान सागर थापा के कति सम्म अपराधी हुन् । कति सम्मको देशद्रोही हुन् भन्ने कुराको प्रमाणित नहुनु बाट उनी माथि खराब नियत मनसाय गरेर, राष्ट्रप्रति जिम्मेवार खेलाडी  जो  राष्ट्रको नाम उचो राख्ने महान उद्देश्यलाई गिराउन घृणित उद्देश्यले मानमर्दन गरिएको कुरा प्रमाणित भइसकेको छ । 

तत्कालीन कप्तान सागर थापा यसबेला मानसिक तनाव झेलिरहे कै छन् । उनको मनोवल उकास्न विशेषतः पत्रकार मित्रहरूले उनका अभिव्यक्ति सार्वजनिक गर्ने कुरामा चुकि रह्यो । उनीप्रति गरिएका हर्कत मानमर्दन लाई सार्वजनिक गरिनुपर्छ । जे जसले फसाएका हुन् । ती कुनै ठूलो ओहोदा तथा सम्मान या कुनै किसिमका षडयन्त्रलाई पर्दाफास गरिनुपर्छ ।

देशभन्दा ठूलो कोही पनि हुँदैन देशप्रति तत्कालीन कप्तान सागर थापाले गरेको योगदानलाई देश बासी समक्ष पुर्‍याउनु, उनीप्रति गरिएको अभद्र ताका लागि, उनी प्रति गरिएको मानसिक दुर्व्यवहारको प्रतिरोधका स्वर उराल्नु आवश्यक छ ।  सागर थापा प्रति हिजो जो जसले आरोपको खेती गरेका छन्, आफूलाई आत्म आलोचना गर्दै उ प्रति सञ्चार क्षेत्रद्वारा गरिएको लान्छना  पखाल्ने काम पनि सञ्चार क्षेत्र कै हो ।  उसको राष्ट्र प्रतिको इमानदारितालाई सलमा !

 (यो लेख २०११ अर्थात् (अंग्रेजी सम्वत् २०११) ११ वर्ष अगाडि नै लेखेको थिएँ । संयोगवश मेरो पुस्तकको दराजमा कुनै पुस्तकको बीचबाट मेरो अगाडि झर्‍यो । तत्कालीन फुटबल कप्तान सागर थापा माथि अन्याय भएको थियो । हिजो पनि भनेको थिएँ । आज पनि भनि रहेको छु  । त्यसबेला तयार पारिएको अप्रकाशित लेख त्यतिकै सान्दर्भिकता देखेको छु )

ritu524646@gmaul.com