'... बिकास हेर्न जाउँ चौंरी देउराली' कि बिजोक हेर्न जाउँ 'चौंरी देउराली' ?

'... बिकास हेर्न जाउँ चौंरी देउराली' कि बिजोक हेर्न जाउँ 'चौंरी देउराली' ?

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  भदौ २६, २०७९

कुनै बेला कलाकारहरुले गाउने लोकप्रिय गीत  थियो :
सुन्दर ठाउँ उकाली ओराली
बिकास हेर्न जाउँ चौरी देउराली 

तर काभ्रेपलान्चोक जिल्ला कोसी पारि  चौरी देउरालीका स्थानीय सोही गीतलाई भन्न थालेका छन् -

  सुन्दर ठाउँ उकाली ओराली
 बिजोक हेर्न जाउँ चौरी देउराली 

 हो स्थानीयले गाउने  गीत जस्तै अवस्था छ, काभ्रेपलान्चोक जिल्ला कोसी पारि  चौरी देउराली गाउँपालिका ३ चिलाउने भित्ता चौरी खोलामा एकदमै कठिन साथ यात्रीहरुको बिजोक छ ।  

 केही बर्ष अगाडि कलाकारहरु बिकासको प्रशंसा गर्दै  'सुन्दर ठाउँ उकाली ओराली बिकास हेर्न जाउ चौरी देउराली'  भन्दै गीत समेत गाउने गरेका  थिए तर आज यात्रुहरुको अरुले बिजोक हेरिरहेका छन्।

 भनिन्छ  कवि र कलाकारहरु जस्तो सुकै  बिकट ठाउँमा पनि आँखा पुग्ने गर्छ  । त्यसैले होला कलाकारले गीत बनाएर गाएका थिए ।  

सुन्दर ठाउँ उकाली ओराली
बिकास हेर्न जाउँ चौरी देउराली 

  सानो सैलुङ पोङ्थी हुँदै डोरखानीसम्म जोडिएको बाटो चौँरीखोला ३ चिलाउने भित्तामा आइपुगेपछि यात्रुहरु आदि मन बनाएर  यात्रा बाध्य छन् । 

हुन त यस्ता सडकहरु जतासुकै अस्तब्यस्त रुपमा रहेका छन्  तर यहाँ  यात्रुहरु चौरी खोलामा आएपछि आदि मन बनाउदै मन भगवान् पुकार्न थाल्छन् । हे भगवान यो गाडी केही नभै दियोस् है भन्दै, बर्षाको कारण छुट्टै छ हिउँदमा समेत  जनप्रतिनिधिहरुको  चासो नदिएपछि झनै सडक क्षतविक्षत अवस्थामा रहने गरेका छन् ।  

केही बर्ष अगाडि बिकास हेर्न चौरी देउराली जाउँ भन्ने गीत लेख्ने र गाउँनै  कलाकारहरुले तर त्यही चौरी देउरालीमा आज एउटा सडक राम्रो नभएर यात्रुहरु डोरीले तान्दै  खाल्टै खाल्टोमा ढुंगा हाल्दै गर्दा कता कता गीतमा नै ब्यङ्ग्य गर्न थालेका छन्  'अनि अब बिजोक हेर्न जाउ चौरी देउराली जाउँ !  

 गाडीलाई जबरजस्ती डोरी तानेर भएपनि गाडी उकाल्ने  बाध्य छन् यदि गाडीको एउटा मात्र  पांग्रा चिप्लियो भने सिधै खोलामा पुग्छ अनि यात्रुले बाच्ने त के आशा गर्नु !

बिचरा ड्राइभर यात्रुहरु गन्तव्य पुर्याउन कठिनताको बाटोमा गाडिको स्टेरिङ काट्दा डर त्यागेर बहादुरी का साथ अगाडि बढाउने गर्दछ , आफ्ना बाल बच्चा र परिवारको खुसीलाई ड्राइभर पेसा अँगालेका  कति ड्राइभर यात्रुहरु को सबै सपना एकै ठाउँमा सखाप भएका दर्जनौ उदाहरण छन् ।

केही बर्ष अगाडि बिकास हेर्न चौरी देउराली जाउँ भन्ने गीत लेख्ने र गाउँनै  कलाकारहरुले तर त्यही चौरी देउरालीमा आज एउटा सडक राम्रो नभएर यात्रुहरु डोरीले तान्दै  खाल्टै खाल्टोमा ढुंगा हाल्दै गर्दा कता कता गीतमा नै ब्यङ्ग्य गर्न थालेका छन्  'अनि अब बिजोक हेर्न जाउ चौरी देउराली जाउँ !  

त्यही बाटो हुँदै काठमाडौ आउनुभएको  रामेछाप दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ७ पोङ्थी गाउँका दिपेन्द्र कुमार योञ्जन भन्छन्-चौरी देउराली गाउँ पालिकाका  प्रतिनिधिले वास्ता नगर्नाले रामेछाप पाटीको बाटोमा सोलिङ  ग्रावेल हाले पनि चौरी देउरालीको बाटोमा गाडी आवतजावत गर्न सहजता हुने थियो । साथै चौरी देउराली ४ को बाटो पनि त्यस्तै भएको बताउछन् । उनी निराश हुदै भन्छन् एकदम त्यहाँ आइ पुगे पछि मुटु काम्न थालिहाल्छ । कहिले त एम्बुलेन्स जान पनि कठिन हुन्छ।
डर लाग्छ बाइ चान्स त्यहाँबाट गाडी खस्यो भने सिधै भिरमा पुग्छ, भगवान पुकार्दै हिड्न बाहेक हामी जनताले के नै गर्न सकिन्छ र ?

साथै यात्रुहरूले  बाटो लाई पिच त भन्ने बितिकै नभए पनि सोलिङ  ग्रावेल सम्म गरेर स्थानीयले हिउँदमा मात्र होइन  बाह्रै महिना यातायातको सुबिधा , साथै अप्ठ्यारो ठाउँ मर्मत गर्नको लागि स्थानीय सरकारको  जन प्रतिनिधिहरुको  ध्यान जान सके स्थानीय यात्रुहरुको ज्यान सुरक्षा हुने थियो  कि !