सिक्किमको भारतमा विलयका कारण पलाएको राष्ट्रिय चेत, समर्पण एवम् मार्क्सवादी रुझान

सिक्किमको भारतमा विलयका कारण पलाएको राष्ट्रिय चेत, समर्पण एवम् मार्क्सवादी रुझान

ऋतु आशिक  |  दृष्टिकोण  |  भदौ २८, २०७९

 यो २०२२ सालतिरको कुरा हो । जनता माध्यमिक विद्यालय इटहरीमा धरानबाट भोजराज खनाल प्रधानाध्यापक भएर आउनु भएको थियो । विद्यार्थीहरूमा साहित्यिक गतिविधिलाई बढाउनका लागि प्रत्येक हप्ताको शुक्रवार चौथो घण्टीलाई साहित्यिक कार्यक्रममा परिवर्तित का लागि रुटिङ बनाउनु भएको थियो । तत्कालीन हामी विद्यार्थीहरुमा साहित्यिक गतिविधिका कारण रौष र जाँगर भरिएको हुन्थ्यो ।

तत्कालीन विद्यार्थीहरु रामकुमार सुब्बा, कृष्ण सुब्बा, ध्रुब सुब्बा, श्यामप्रसाद सुवेदी, वसन्त सुवेदी, रमेशकुमार विष्ट, वीरबहादुर तामाङ, कुल चन्द्र काफ्ले, नीरबहादुर तामाङ, भक्तबहादुर तामाङ, कृष्ण सुब्बा, कौशल पराजुली, युद्धवीर पराजुली, भैरव राई, खेल नारायण पराजुली, ज्योति सुब्बा, श्याम भाइ गौतम, काजी लाल फूँयाल, चूँडा बहादुर फूँयाल, तीर्थ कोइराला, राधिका थापा, कमला थापा, निर्मला थापा, आशा थापा, भक्त श्रेष्ठ, श्यामप्रसाद नेपाल, गोपालप्रसाद नेपाल, चण्डिका निरौला, गोपाल पोखरेल आदि । हिम्मत खुजुम, उमानाथ रिजाल, खगेन्द्र सिग्देल, खगराज अधिकारी, मुरारी अधिकारी, ज्ञानु फूँयाल, हरि अधिकारी, लेखनाथ पराजुली, लोचन रिजाल, गणेश दवाडी आदिको उपस्थिति रहन्थ्यो ।     

प्रमोदकुमार श्रेष्ठले (भोटु दाइ) पहिला एसएलसी पास नगरी शिक्षकको रुपमा आवद्धता हुनु भएको थियो । पछि २०२५ साल तिर उहाँले एस.एल.सी. पास गर्नु भएको थियो । ठूलो क्लासमा अक्कल झुक्कल पढाउने पनि गर्नु भएको थियो । तत्कालीन प्रअले प्रमोद दाइलाई साहित्यिक गोष्ठीको संयोजनका लागि जिम्मा दिनु भएको थियो । मेरो साहित्य लेखनको पाठशाला जनता माध्यमिक विद्यालय इटहरी नै रह्यो । तत्कालीन विज्ञान शिक्षकको रुपमा धर्मराज काफ्लेको आवागमन भएको बेला नालापानी शीर्षकको कविता लेखेको थिए । प्रायः जसो हप्तामा वाचन गर्ने कवितामा मेरो कविता पनि चयनमा पर्ने गर्थ्यो । तत्कालीन प्रोत्साहनका लागि पुस्तक पुरस्कारको रुपमा दिने गरिन्थ्यो । मैले धेरै पटक पुस्तक प्राप्त गरेको सम्झना अझै छ । 

तत्कालीन नेपाल पोष्ट (०३३) प्रियतमा का कविता शीर्षकबाट लिइएको कविताको अंश 
 प्रियतमा ! 
म आउँदैछु 
अवरोधका पहाड पन्छाउँदै 
हजारौं वर्ष मोज गर्ने 
ती तथाकथित भाग्य मानीका विरुद्ध भएर 
हो ! त्यो दिन टाढा छैन ।
पूर्वेली मिर्मिरे रङमा मिसिएर आएको हुन्छु ।
र मैले भने झैं गर्नु 
लहर बद्ध भएर नयाँ गीत गाउन थाल 
म आउँदैछु ।
बिहानीको मिर्मिरे रंङमा मिसिएर 
चाँडो भन्दा चाँडो छिटो भन्दा छिटो 
बिहानीको सूर्यको पहिरन पहिरिएर आउँदैछु । 

तत्कालीन मातृभूमि साप्ताहिकमा २०३३ सालमा प्रकाशित सम्बोधन कविताको एक अंश 
धरती भरिका मान्छे हो ! 
म तिमीलाई सम्बोधन गर्न फेरि आउने छु । 
म बेला–बेला आउँदै भन्ने छु 
आँट विश्वास इमानदारीले आत्महत्या कहिले नगर्नु 
तिमीहरुले चाहेको 
वैचारिक र व्यवहारिक जिन्दावादलाई 
म पनि सहयोग गर्नेछु । 
कठोर र इमान्दारी हातहरु चलाएर 
आकाश भन्दा पनि माथि–माथि उचाली दिनेछु । 

कम्यूनिष्ट सभ्य हुन्छ २०४७ मा समावेश कविता संग्रहमा हामी तिम्रो सम्झनामा शिर निहुराउँछौ कविताको एक अंश 
समय टक्क अडिएको छ । 
इतिहास स्तब्ध छ । 
डाँडा भीर पाखा छिचोल्दै, 
जनताको निम्ति –
फेरि पनि जनताको निम्ति
आफूलाई बगाउँदै लग्यौ, 
हामी तिम्रो सम्झनामा शिर निहुराउँछौ ।

सिक्किमको विलयका कारण राष्ट्रिय चेतको जागरण 

राजा महेन्द्रको राष्ट्रियता प्रतिको सजगता, राष्ट्रियता प्रतिको उनको समर्पणले तत्कालीन समय–समयमा भारतीय नाकाबन्दीको पेलाइ मुलुकले बेहोर्दै गरेको थियो । राष्ट्रियताप्रति महेन्द्रको सचेतन, वीपीद्वारा संयुक्त राष्ट्रसंघको लागि इन्कारी हुँदा–हुँदै पनि महेन्द्रद्वारा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्तिको जस तत्कालीन राजा महेन्द्रलाई जान्छ । असंलग्न राष्ट्रको शिखर सम्मेलन इण्डोनेशियाको बाङ्डुङमा भएको थियो । नेपालको तर्फबाट नेतृत्वदायी भूमिका राजा महेन्द्रको  रह्यो । तत्कालीन विश्व परिवेशमा नेपालले आफूलाई स्वतन्त्र राष्ट्र सार्वभौमसत्ता सम्पन्नताको रुपमा प्रस्तुत गरिएको थियो । उत्तरको छिमेकी चीनद्वारा नेपालको सार्वभौमसत्ता सम्पन्न अक्षुण्ण भूमिकामा चीनले हृदय खोलेर समर्थन गरेको थियो । नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगरेको उदाहरणीय रुपमा आफूलाई प्रस्तुत गर्‍यो । यी सबै राष्ट्रिय चेतका कारण, मुलुकप्रति समर्पण तथा नेपाली जाती प्रति आफ्नो समर्पणको ऐक्यबद्धतामा बाल सुलभ मस्तिस्क त्यतै तीर ढल्की सकेको अवस्था थियो । 

उनको लेखनको परिपक्वता लेखनधार्मिता प्रतिको इमान्दारिता प्रति नतमस्तक भएको छु । उनीमा लेखनको उर्जा समुद्र जस्तै गहिराई थियो । ऋतु आसीक उपनामप्रति उनको पहिलो प्रतिकृया थियो 'यसै नामबाट साहित्यिक गतिविधि गर्ने गर्नु भनेर सुझाव दिएका थिए ।' मेरो लेखनधर्मिता सम्बन्धी साहित्यिक गतिविधि यसै नामबाट लेख्ने गरेको छु ।

 '... इतिहास समय–समयमा कति कठोर रुपमा प्रस्तुत हुन्छ । नियतिले पनि त्यसलाई इंगित गरेको हुन्छ । राजा महेन्द्र निश्चय नै एउटा देशभक्त, प्रजा वत्सल्यताले भरिएको, देशप्र तिको अगाधता, स्नेहले भरिएको आत्म स्वाभिमानले भरिएको व्यक्तित्व हुनुहुन्थ्यो । छिमेकी शासक इन्दिरा गान्धीको ताण्डव नृत्यको समर्थन गर्नु भन्दा इन्दिरा गान्धीको घृणित कार्यलाई आँखा चिम्लेर मान्नु भन्दा आफूलाई मृत्यु नै नैतिक जिम्मेवारी ठाने, इन्दिरा तानाशाही समक्ष घुँडा टेक्नु भन्दा आफूलाई मृत्युबाट अभिषेक गरिनु नै लाग्यो । ह्दय घातको बहाना भित्र लुकेको सत्य त्यही थियो । यस किसिमबाट एउटा प्रजा वत्सल राजा, एउटा देशभक्त देशप्रति जिम्मेवार बोध गर्ने राजा महेन्द्रको आत्महत्या पटाक्षेपलाई विभिन्न नाम दिन त  सक्लान् । जीवनबाट हारेको भन्न पनि सकिएला । परिस्थिति वातावरण हेर्दा इन्दिरा गान्धीको दबदबाको पराकाष्ठा थियो । राजा महेन्द्रको स्वर चारैतर्फ घन्किनलाई रोक्नका लागि तानाशाही इन्दिरा गान्धीको दवाव नै प्रचुर थियो । राजा महेन्द्रको लागि आत्महत्या त्यतिबेला निकासको पहिलो चरण थियो । त्यसबेला छिमेकी देशहरु तथा अन्तर्राष्ट्रिय जगत्मा नै इन्दिरा गान्धीलाई चिढाउने तथा उनको हरकत प्रति अम्लो ठड्याउने कोही थिएन । पृष्ठभूमिमा सोभियत संघ उभिएको थियो । 
(छिमेकीको अर्घेल्याइँ २०७५)

विश्व रंगमञ्चमा नेपालको ओजस्वी घोषणा
राजा वीरेन्द्रले आफ्नो शुभराज्यभिषेकको अवसरमा संसारभरिका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा ६० राष्ट्रका प्रतिनिधिहरु समक्ष १३ फाल्गुण ०३१ साल तत्कालीन राजदरबारमा आयोजित विशिष्ट सम्मेलनमा यसरी उद् घोषण गर्नु भएको थियो । 

'... हाम्रो जनता आफ्नो मुलुकमा छर छिमेकमा र विश्वमा जताततै हृदयदेखि नै शान्ति चाहने भएकोले हामीले शान्तिलाई सर्वोपरि स्थान दिएका छौं । त्यसैले शान्तिलाई संस्थागत गर्ने उत्कंठ अभिलाषाले प्रेरित भएरै म मेरो मुलुक नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राख्दैछु ।' यो मुलुकको निर्माणमा शाहवंशीय राजाहरूमध्ये पृथ्वीनारायण शाहले भुरे टाकुरे राज्यलाई एकीकरण गरेर राष्ट्रलाई एक सूत्रमा बाँधेको पाइन्छ । राजा महेन्द्रद्वारा विश्व राजनैतिक रंगमञ्चमा राष्ट्रसंघमा नेपालको प्रवेश स्तुतय छ । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा इण्डोनेशियाको वागेडुङ्गमा नेपालको गरिमामय उपस्थिति गराएर एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक पंक्तिमा सामेल गराएर नेपाल र नेपालीको गौरबता बढाएका थिए । राजा वीरेन्द्रसम्म आइपुग्दा नेपालको सार्वभौमसत्ता सम्पन्नतालाई अक्षुण्ण राख्दै नेपाल राष्ट्रको निरन्तरता प्रदान गर्नका लागि नेपालको शान्ति क्षेत्र प्रस्ताव एउटा ठोस र वजन दार प्रस्तुति थियो । 

ती सन्दर्भको निरन्तरताका लागि पर्नु नेपालीको नैतिक दायित्व र कर्तव्य हो । नेपाली जनताको लागि राष्ट्रिय गौरव र पहिचान हो । यसलाई कुनै नेपालीले नकार्न सक्दैन । 

माक्र्सवादी स्कूलिङको प्रभाव 

कुरा २०२१–२०२२ तिरको हो । गोजी भएको कमेज र धोती लगाएको कालो वर्णको अलिक अग्लो किसिमको मान्छे जनता माध्यमिक विद्यालयमा कोठा–कोठा चाहर्दै गरेको ३।४ दिनको फरक पारेर समय–समय देख्ने गर्थे । मेरो ह्दयमा कौतुहल मच्चिन्थ्यो । को होला यो मान्छे ? किन आएको होला भनेर मनमा जिज्ञासा भइरहन्थ्यो । संयोगले भोटु दाइ (प्रमोद श्रेष्ठ) भएको बेलामा फेरि आवागमन भएपछि उहाँ को मान्छे हो भोटु दाइ भनेर जिज्ञासा राखेको थिएँ । 'वहाँ हाम्रो लक्ष्मण चौधरी दाइ ! नमस्कार गर' मलाई भन्नुभयो । मैले पनि नमस्कार भनेको थिएँ– भोटु दाइ र उहाँ बीच खासखुस चल्यो । के भन्नु भयो मैले भेउ पाउन सकेको थिइन । भोटु दाइसँग हात मिलाएर विदा हुने बेलामा मेरो कुममा थप थपाउँदै भन्नु भएको थियो । ती शब्दहरु जस्ताको त्यस्तै ‘ऋतु राम्ररी पढ, पढेर मात्र हुँदैन, असल कम्युनिष्ट बन्नुपर्छ है ।’ म केही बोलिन मूर्ति वद्ध  भएर उभिरहे । 

समय–समयमा भोटु दाइबाट प्रदत्त ‘कम्युनिष्ट कैसे बने’ भारतीय लेखक राम आसरे वर्माद्वारा लिखित पुस्तक प्रति चाख बढ्दै गयो । स्कूल छुट्टी भएको बेला तरहरा आँपगाछी हामी चारै भाइ जान्थ्यौं । बिजुली थिएन । जुनको उज्यालोमा ती प्रतिबन्धित पुस्तक पढिने गरिएको थियो । कसैले थाहा पाउँछ भनेर ती पुस्तकमा जिल्द हालेर जतनका साथ पढेर भोलिपल्ट फर्काइ दिनुपर्ने हुन्थ्यो । ती अनुशासन प्रति दृढतापूर्वक व्यवहारमा लागु गरिन्थ्यो । 

लक्ष्मण चौधरी समय–समयमा भेट हुन्थ्यो । कहिले बुढी खोलामा नुहाउँदै गरेको बेला, कहिले टेङ्ग्रा खोलामा नुहाउँदै गरेको बेलामा– भन्नु हुन्थ्यो । कम्युनिष्ट भनेको बुढी खोला, टेङ्ग्रा खोलाको पानी जस्तै स्वच्छ हुन्छ । त्यतिबेला स्वच्छ थियो । तिर्खा लाग्दा त्यहाँको पानी पिउँथ्यो ।  

लक्ष्मण चौधरीका ती भनाइ गराइ तथा रवाफिलो जवाफ मलाई मन पथ्र्यो । सायद २०१८/०१९ साल तीरको कुरा हो राजा महेन्द्रको सवारी इटहरीमा भएछ । लक्ष्मण चौधरीले राजा समक्ष इटहरीको वस्तुस्थिति राख्न खोज्दा तत्कालीन (साने बाबु ठूलो बाबु) दिलबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठले आफ्ना कुरा राख्न खोज्दा दिन  मानेन छन् । राजा महेन्द्रले सुन्ने गरिने लक्ष्मण चौधरीले चिच्याउनु भएछ । राजाका सामु त आफ्ना कुरा राख्न दिदैन भने राजाको अनुपस्थितिमा के चै गर्दैनन् ? राजा महेन्द्रबाट लक्ष्मण चौधरीलाई आफ्ना कुरा निर्धक्कसँग राख्नु भनेर हुकुम भएछ । उहाँप्रति जहिले पनि मेरो आदर भाव रह्यो । त्यसबेला चौधरी परिवारमा त्यतिका कम्युनिष्ट बुझाइ सबैको निम्ति प्रेरणा प्रद रह्यो । उहाँको दृढता, कम्युनिष्ट प्रतिको प्रतिबद्धता निष्ठा प्रतिको अट लताले उहाँप्रति मेरो शिर जहिले पनि नतमस्तक भएको थियो । आजसम्म पनि उहाँको नाम लिदा पनि मेरो शिर झुक्छ । 

समयको अन्तरालसँगै किसान नेता तथा चौधरी समाजका मात्र नभएर पहाडी समुदायमा समेत भिज्नु भएको थियो । अर्का इमान्दारीको प्रतिमूर्ति मलेच्छी चौधरीसँगको सामिप्यता,  वज्राहामा आदरणीय कमरेड मनमोहन अधिकारी, आदरणीय कमरेड कमल कोइरालाद्वारा समय–समयमा माक्र्सवादी प्रशिक्षणको कारण प्रभाव परेको कुरा नकार्न  सकिन्न । उहाँहरुको अभिभावकत्वको प्रभाव हामी जस्ता भर्खरै युवामा पदार्पण गरेका लागि जहिले पनि आदरणीय व्यक्तित्वका रुपमा माक्र्सवाद प्रति आस्थामा अभिप्रेरित गरेको थियो । इटहरीका युवा समुदायप्रति अभिभावकत्व स्नेहता प्रदान गर्ने आदरणीय प्रेमबहादुर कार्कीको आवास गृह माक्र्सवाद प्रतिको आस्था तथा त्यसमा निरन्तरता प्रदान गरिने कार्य हुने गरेको थियो । तत्कालीन इटहरीमा माक्र्सवादको बीजारोपणको लागि उहाँको घर नै इटहरीका कम्युनिष्टहरूका लागि हेडक्वाटर्सको रुपमा विकसित भएको कुरा तीतो सत्य हो जसलाई नकार्न सकिन्न । 

मलाई गोडमेल गर्ने व्यक्तित्वहरु प्रति मेरो नतमस्तकता

जब–जब म साहित्यिक तर्फ आफ्ना कलम चलाउन थाले । स्कुले जीवन, कलेज जीवनमा साहित्यिक रचना गर्न थाली सकेको अवस्था थियो । मेरो लेखनलाई २०३३ सालमा जव–जव पत्रकारिता तर्फ अगाडि बढाउँदै लगे । लेखनका गल्तीहरु शेरबहादुर अम्बरद्वारा सच्याउने तथा थपघटको कार्यमा उनको दक्षताप्रति कृतज्ञता व्यक्त गर्दछु । जब–जब अभिवादन मासिक पत्रिका जिल्ला मोरङबाट दर्ता गरेर प्रकाशन प्रारम्भ गरियो । त्यसबेला शेरबहादुरले विभिन्न उपनाममा लेख्ने गर्थे । उनको लेखनको परिपक्वता लेखनधार्मिता प्रतिको इमान्दारिता प्रति नतमस्तक भएको छु । उनीमा लेखनको उर्जा समुद्र जस्तै गहिराई थियो । ऋतु आसीक उपनामप्रति उनको पहिलो प्रतिकृया थियो 'यसै नामबाट साहित्यिक गतिविधि गर्ने गर्नु भनेर सुझाव दिएका थिए ।' मेरो लेखनधर्मिता सम्बन्धी साहित्यिक गतिविधि यसै नामबाट लेख्ने गरेको छु । 

माक्र्सवादी साहित्य प्रति मेरो रुझान हुनु तथा सरसङ्गत गोडमेलमा यी व्यक्तिहरु प्रति म जहिले पनि नतमस्तक हुनुपर्छ मेरो नैतिक मान्यता हो । सर्वप्रथम शेरबहादुर अम्बर, रमेशकुमार विष्ट, वसन्त सुवेदी, श्याम भाइ  गौतम, प्रमोदकुमार श्रेष्ठ, काजीलाल फूँयल, प्रेमबहादुर कार्की, मलेच्छी चौधरी, बलराम पोखरेल, केशव आचार्य, वम देवान, गोविन्द विकल, अनिरुद्ध तिमसिना, नारायणप्रसाद आचार्य, सम्राट तुम्वाहाङ्फे, लवप्रधान मित्र, छविलाल लम्साल, विष्णु प्रभात, गुरु वराल, शिव ढकाल, हिरा रिजाल, कृष्ण पोखरेल, सी.पी. मैनाली, टंक कार्की, ध्रुवना रायण श्रेष्ठ, भूराज राई, प्रेमकुमार श्रेष्ठ, ध्यान बहादुर राई, लीला उदासी, द्रोणाचार्य क्षेत्री, वासुदेव गिरी आदि रहेका छन् । 

जब–जब (२०३३) मैले पत्रकारितामा पदार्पण गरे त्यस बेलादेखि नै मेरो जीवन नै यायावर को रुपमा परिणत भैसकेको अवस्था थियो । वर्षभरिमा हिसाब गर्दा २ महिना जति मात्र घरमा वास हुन्थ्यो होला नत्र भने प्राय म वाहिर जस्तो मुलुकको विभिन्न भेगमा हुन्थे । यस्तो यायावर जीवनको प्रवाहमा घरमा छोराछोरीहरूलाई शिक्षा दीक्षा हुर्काउन बढाउनका लागि मेरी श्रीमती प्रेम कला पराजुलीको भूमिका निर्वाह गरेका कारण नै म यहाँसम्म आइपुगेको छु । जीवनभर उनीप्रति मेरो नतमस्तक रहिरहने छ ।

  मेरो लेखन यात्रा मृत्युपरेन्त यसरी नै चलि रहोस् भन्ने चाहना छ । लेखनधार्मिता र लेखपढ मै जीवनको अन्त होस् मेरो आकांक्षा रहेको छ । भर्खरै डा. नरेन्द्र चापागाईं प्रतिष्ठान विराटनगरले मेरो लेखनप्रति सम्मान गर्ने घोषणा गरेको छ । यस घोषणाले म प्रतिको जिम्मेवारी अझ बढेको छ । यस जिम्मेवारीप्रति आफ्नो निष्ठाको अटलतालाई दृढका साथ उभिने कोसिस जारी रहने उद्घोष गर्न चाहन्छु । समय–समयमा लेखनमा भएका गल्तीहरूलाई औंल्याइ दिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु । परिवेशका वातावरणले मलाई यहाँसम्म ल्याएको छ । यो परिवेशप्रति जीवनभर कृतज्ञता रहनेछु । 

ritu524646@gmail.com