'दुर्घटनामा घाइते वा मृत्यु हुँदा सबै दोष चालक माथि थोपरेर जेल पठाउने कुराको अन्त्य हुनुपर्छ'

'दुर्घटनामा घाइते वा मृत्यु हुँदा सबै दोष चालक माथि थोपरेर जेल पठाउने कुराको अन्त्य हुनुपर्छ'

रिकेश बिश्वकर्मा(क्षितिज)  |  लोकसंवाद  |  भदौ २९, २०७९

अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष  दिपक केसी निर्वाचित भए सँगै अब देशको अति आबश्यक क्षेत्र यातायात र त्यसमा  कार्यरत इमान्दार राष्ट्रसेवककाे श्रम  यातायात क्षेत्रको  हितमा लगाउने प्रतिबद्धता जनाउनु भएको छ । 

दुर दराजमा बसोबास गर्ने  र आफू आफ्नो परिवारको जिविका चलाउने स्वरोजगार मजदुर तथा ब्यबसायी र देशैभरका सर्वसाधारण यात्रु र उपभोक्ताको हक हित र अधिकारको जिम्मेवारी अनुभुति  हुने गरी लाग्ने बताउनु भएको हो  । 

साथै उहाँले अहिले अस्तब्यस्त अवस्थामा रहेको सार्वजनिक यातायात र त्यसमा  कार्यरत श्रमिकहरुको दयनीय अवस्थालाई सुधार गर्दै आगामी दिनहरुमा सचेत स्वाभिमानी सम्मानित यातायात मजदुर निर्माण गर्न र सुरक्षित सडक  विश्वसनिय सार्वजनिक यातायात निर्माण गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताउनु भएको छ । 

अध्यक्ष केसीले यात्रुले खेप्नुपरेको महंगो भाडादर,पेट्रोलियम पदार्थको मुल्य वृद्धि सवारीसाधन पाटपुर्जा मूल्य वृद्धि  जस्ता कुराहरुलाई मध्यनजर गर्दै आउँदा दिनहरुमा सार्वजनिक सवारीमा प्रयोग हुने इन्धनको मूल्यमा राज्यले कर नलगाउन साथै सार्वजनिक सवारीमा भाडा दर पेट्रोलियम पदार्थको मुल्य घटबढ अनुसार निर्धारणमा जोड दिदै भाडादरमा समेत अनुगमन गर्ने बताउनु भयो।

अध्यक्ष केसीकाे भनाइ छ-  राज्यको तिनै तहबाट यातायात मजदुरको क्षमता अभिबृद्धि तालिम यात्रु मैत्री महिला मैत्री सुरक्षित सार्वजनिक सवारी निर्माणमा जोड दिदै
 सुरक्षित सडक भरपर्दो सार्वजनिक यातायात  नम्र र शिष्ट सभ्य स्वाभिमानी र सचेत मजदुर बनाउन प्रयास रहने छ । 

 देशैभरका राजमार्गहरुमा रिफ्रेस केन्द्र निर्माण, बसपार्क, यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, राजमार्गका होटलहरु यात्रु मैत्री बनाउन सुझाव तथा पहल गर्दै यातायात मजदुर बिद्यालय, अस्पताल निर्माण गर्न ,यातायात श्रमिकमाथि हुने कानुनी विभेद र कानुनको गलत प्रयोग अन्त्य गर्दै यातायात मजदुरका आर्थिक, सामाजिक र पेशागत हक हित र अधिकारको सुनिश्चित गर्न तर्फ अघि बढ्ने बताउनुभयो .

 यातायात देशको मेरुदण्ड, आर्थिक बिकासको प्रमुख आधार र  मानव जीवनमा आधुनिक युगमा अति आबश्यक साधन हो। यो क्षेत्रलाई सम्मानित मर्यादित ब्यबस्थित हुदा मात्र सफल र सम्बृद्ध राज्य निर्माण हुन्छ। यो क्षेत्रमा कार्यरत श्रमिकले लाइसेन्स प्राप्त गर्न देखि रोजगारको सुरक्षाको ग्यारेन्टी, कार्यरत अवस्थामा सवारी दुर्घटना हुँदा  आफू वा अर्को पक्ष घाइते वा मृत्यु हुँदा सबै दोष चालक माथि थोपरेर जेल पठाउने कुराको अन्त्य हुनु पर्ने कुरा पनि अध्यक्ष केसीको माग रहेको छ । 

पेशागत मर्यादादेखि जेल पर्दा घाइते तथा अंगभंग हुदा अशक्त भएर घर डेरामा बस्दा उसको रोजगारदाता देखि  राज्य पक्षबाट सहयोग पाउने ब्यबस्था गरिनुका साथै दुर्घटना बिमामा यथोचित रुपमा बृद्धि गर्नु अध्यक्ष केसीको भनाइ छ। सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुका साथै  उचित पारिश्रमिकको ब्यबस्था गरिनुपर्ने उहाँको माग छ । 

 परिवार अर्थात बालबालिकाहरुको उच्चशिक्षामा आरक्षणको ब्यबस्था छैन चालकको छोरा चालक नै बन्नुपर्ने अवस्था छ दक्ष चालक निर्माण गर्न तिनै तहका सरकारले ड्राइभिङ स्कुल खोलिनु पर्ने  दक्ष चालक जति अधिकांश विदेशिन बाध्य भइरहेको निश्कर्ष अध्यक्ष केसीको  छ । 

अध्यक्ष केसी भन्नु हुन्छ - महिला चालकहरु धेरै आकर्षित छन तर महिला शशक्तिकरण र समानताको लागि सुरक्षित सवारी संचालनको लागि पनि यस क्षेत्रमा अधिकतम सहभागिता गराउनु पर्ने खाँचो छ । 

आगामी दिनहरुमा समस्या र चुनौतीहरूलाई पहिचान गरि प्राथमिकताको आधारमा समस्या समाधान गर्नु  आबश्यक योजना  समय र शक्ति पुरै लगाउने अध्यक्ष केसीले प्रतिबद्धता जाहेर गर्दै  सुतिरहेका राजनितिक दलहरु र राज्यलाई समेत पहल प्रयास गर्ने ४ बर्षे  कार्यकालको योजना रहेको बताउनु भएको छ ।